‘कोहलपुर एक्सप्रेस’ अस्ट्रेलियामा प्रदर्शन हुने(भिडियो सहित)

ENGLISH

NRN GLOBAL

‘कोहलपुर एक्सप्रेस’ अस्ट्रेलियामा प्रदर्शन हुने(भिडियो सहित)

राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले लियो प्रदर्शनको जिम्मा

30 May, 2018 | Sandeep Bhattarai | 3340 Views | comments

 

कोहलपुर एक्सप्रेस

अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ।

विशाल भण्डारी निर्देशित कमेडी जनराको चलचित्रलाइ राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलियामा प्रदर्शन गर्न लागेको हो । राजधानीमा प्रेस मिट गर्दै चलचित्र अस्ट्रेलियामा प्रदर्शन हुने कुराको जानकारी गराइयो । प्रेस मिटमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी,निर्देशक विशाल भण्डारी, कन्सल्टेन्सीको तर्फा बाट पी.आर.अधिकारी, प्रतित खड्का, सुरज बस्नेत, लगाएतको उपस्थिति रहेको थियो । २००१ मा स्थापित राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले यस अघि केकी अधिकारी अभिनित चलचित्र ‘लब सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो ।

राईट एण्ड एसोसियट्सले विद्यार्थीहरु लाई एब्रोड़ स्टडीमा पठाउने मात्र नभई अन्य बिबिध गतिबिधिहरु पनि गर्दै आएको छ।राईट एण्ड एसोसियट्सले इन्टर कलेज फुटसलको पनि आयोजना गरेको थियो । नेपाली चलचित्रको बजार बिस्तारको लागि राईट एण्ड एसोसियट्स अझै लागि पर्ने संस्थाका निर्देशक पी.आर.अधिकारीले बताए । बैशाख १४ गते बाट नेपाल प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ ले नेपालमा सन्तोष जनक ब्यापार गर्न सफल भएको थियो ।

चलचित्रमा केकीका अलावा प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । ‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही, देवीलाल न्यौपाने (पण्डित),शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।

भिडियो –

शीर्ष स्थानमा ‘कोहलपुर एक्सप्रेस’ ट्रेलर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK