कोशी ब्यारेज उडाउने आईएसको चेतावनी

ENGLISH

कोशी ब्यारेज उडाउने आईएसको चेतावनी

नेपाल आतंकवादी संगठनको चलखेलस्थल बन्ने खतरा

26 July, 2016 | Bhawana Pathak | 915 Views | comments

केही महिना अघि अमेरिकी विदेश मन्त्रालयले नेपाल आतंकवादी संगठनको क्रिडास्थल बन्ने खतरा रहेको प्रतिवेदन सार्वजनिक गर्यो । अहिले आईएसले नेपालमार्फत भारतमा क्षति पुर्याउने तयारी गरेको भन्दै स्थानीय प्रशासनलाई जानकारी दिएको छ ।

Kosi-Barrage

नेपालमा सरकार परिवर्तनको ढोका उघ्रिसकेका बेला भारतबाट आएको यस्तो पत्रलाई भारतको षड्यन्त्रका रुपमा पनि कतिपयले लिएका छन् । भारतीय संचार माध्यमहरुमा केपी ओलीको सरकार हटेर प्रचण्डको नेतृत्वमा सरकार बन्नु भारतको नेपाल पुनरावगमन हो भन्ने टिप्पणी गरिरहेका बेला कतै यसैको बहानामा भारतको सुरक्षाकर्मी नेपाल छिराउने दाउपेच पनि हुनसक्छ ।

नेपालको सुरक्षा निकाय र गुप्तचरले थाहा नपाउने तर भारतले मात्र थाहा पाउने अनि सुरक्षा संयन्त्रलाई जानकारी नदिई स्थानीय प्रशासनलाई मात्र पत्र लेख्नु नै शंकाको कारण रहेको पनि कतिपय बताउँछन् ।अघिल्लो महिना (जुन २०१६)को दोस्रो हप्ता सार्वजनिक अमेरिकी रिपोर्टमा “भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपालमा आतंकबादीहरुको क्रिडास्थल बन्नसक्छ” भनिएको छ ।

अनि यस्तै चेतावनी र चिन्ता पटकपटक प्रकट गर्दै भारतले विमानस्थलको स्तरोन्नतिको नाममा सुरक्षा प्रणाली नै आफ्नो हातमा लिने प्रयास गरेको थियो । अहिले सीमा क्षेत्रबाट भारतको सुरक्षा चासो व्यक्त भएको छ । यो अर्को खेल होइन भन्न सकिन्न ।

विश्वका शक्ति मुलुकहरुका लागि ठूलो त्रास फैलाइरहेको आईएस दक्षिण एसिया छिरिसकेको र भारतमा कुनै पनि बेला आक्रमण गर्ने चेतावनी दिइरहेका बेला उसले सप्तकोशी नदीको ब्यारेज भत्काउने चेतावनी दिएको भारतीय अधिकारीहरुले सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिए । भारतीय पक्षले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई लिखितपत्र पठाएर कोसी ब्यारेजको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतको विहार राज्यको सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आइएसले कोसी व्यारेज भत्काउने चेतावनी दिएकाले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आग्रह गरे पनि यसको जानकारी नेपालको सुरक्षा निकायलाई भने दिइएको छैन ।यद्यपि सो पत्र आए पश्चात पूर्वाञ्चल क्षेत्रिय सुरक्षा समितिको बैठक बसेर कोशी ब्यारेजमा सशस्त्र र नेपाल प्रहीको विशेष टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गर्दै ब्यारेजको सुरक्षा व्यवस्था मिलाउन सुनसरीका सुरक्षा प्रमुखलाई निर्देशन दिएको हो ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक तथा क्षेत्रीय सुरक्षा समितिका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा सुनसरीको पकली स्थित सशस्त्र प्रहरीको पूर्वाञ्चल कार्यालयमा बसेको बैठकले आइएसले कोसी ब्यारेज भत्काउने धम्कीलाई मध्यनजर गर्दै भारतले माग गरे अनुसारको सुरक्षा व्यवस्था मिलाउने निर्णय समेत गरेको हो ।

क्षेत्रीय सुरक्षा समितिको निर्णय अनुसार कोसी ब्यारेजमा सोमबारबाटै शसस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्काले बताउनुभएको छ ।भारतीय गुप्तचर संस्था ‘र’ ले आइएसले कोसी ब्यारेजमा आक्रमण गरी भत्काउन लागेको सूचना पाएपछी भारतीय संचारमाध्यमले समेत कोसी ब्यारेजमा आईएसले आक्रमण गर्न लागेको समाचार प्रकाशित गरेका छन् ।

हुन त नेपाल प्रहरीले दुई वर्षअघि नै इस्लामिक मुलुकहरुमा सक्रिय आतंकवादी गतिविधिको प्रभाव नेपालमा पनि पर्न सक्ने ठहर गरेको थियो । प्रहरी प्रधान कार्यालयमा आयोजित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी प्रहरी उच्च अधिकारीहरुले सम्भावित सुरक्षा खतरा औल्याउने क्रममा सो ठहर गरेका थिए । कोशी व्यारेज उडाउने आईएसको चेतावनीयुक्त सूचना नेपालको गुप्तचर र सुरक्षा निकायले चाहिं किन पाएन भन्ने प्रश्न पनि उठेको छ ।

कतै अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा उल्लेख भए जस्तै सुरक्षा अधिकारीहरुको भ्रष्ट चरित्रले नै यहाँ काम गरेको हो कि त्यस्तो सूचनै आएको थिएन । नेपालको सम्बन्धित निकायले जानकारी दिनुपर्ने हुन्छ ।सप्तकोशी नदीको बाढी रोक्न बनाइएको ब्यारेज बिस्फोट भयो भने भारतको बिहारमा ठूलो क्षति हुनेछ भने नेपालमा पनि सुनसरी, सप्तरी लगायतका जिल्ला जलमग्न हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK