“कोलोराडो सप्ताह पुराण” अरोरामा लगाइने

ENGLISH

NRN GLOBAL

“कोलोराडो सप्ताह पुराण” अरोरामा लगाइने

नातिबाबु भट्ट , कोलोराडो, अमेरीका ।

10 March, 2018 | Kabi Adhikari | 1905 Views | comments

नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्न अयोजना गर्न लागीएको श्रीमद्भागवत् महापुराण अरोरामा लगाइने भएको छ ।

america-kolorado

नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा आगामी अप्रील २८ देखी मे ५ तारीक सम्म पण्डित दिनबन्धु पोख्रेलको उपस्थितीमा लगाइने महापुराणको लागी अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा स्थान बुकगरे सगै अरोरामा लगाईने पक्का भएको हो ।

कोलोराडोमा सामुदायीक भवन निर्माणका लागी श्रीमद्भागवत् महापुराण लगाउन यहा कृयाशिल संघ संस्था तथा समाज सेवीहरुको भेलाले यस अघि सर्वसम्मत निर्णय गरको छ । त्यसैगरी भेलाले भागवत्पुराण सफलताको साथ सम्पन्न गर्न समाजका गन्यमान्य महानुभाव रहेको अध्यक्ष मण्डल समेत चयन गरि सकिएको छ । यसरी सर्बसम्मत निर्णयगरी चयन गरिएका महानुभावहरुमा डा.बिष्णुबहादुर श्रेष्ठ, डा.बिजयराज शर्मा, रामप्रसाद श्रेष्ठ, नारायण श्रेष्ठ, नविन दत्त, पुरुषोत्तम पाण्डे रहेका छन् ।

अहिले कोलोराडो स्थित हरेक बस्ती बस्तीबाट नेपाली तथा नेपाली मुलका नेपाली भाषीहरुको नामावली संकलन कार्यक्रम भईरहेको छ । यस पछि छिट्टै मुल समिती तथा उपसमितीहरु गठनगरि कामको जिम्बेवारी बांडफांड गरिने नेपाली घरका अध्यक्ष लछुमन रानाले बताएका छन् । नेपाली समुदायको बर्षौ अघि देखिको सपना साकार पार्ने यस पुनित कार्यलाई सफलाताका साथ सम्पन्न गर्न महापुराणको सात दिने अवधिलाई एक पर्वको रुपमा मनाउन कोलोराडो निवासी सबै नेपाली र नेपाली भाषी समुदायलाई आयोजक समितीले अनुरोध गरेको छ । समितीले हरेक दिन दिउसो ३ बजेदेखी राती ९ बजेसम्म बाचन हुने महापुराणको अवधिमा काममा बिदा मिलाई हरेक दिनको भागवत्पुराण श्रवणगर्ने बातावरण बनाउनुहुन र यथा सक्य दानगरि पुण्य कमाउन सबैलाई हार्दिक अनुरोध समेत गरेको छ ।

कोलोराडोमा सामुदायिक भवन निर्माणार्थ सप्ताह लगाइने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK