कोलोराडोमा समर पिकनिक सम्पन्न

ENGLISH

NRN GLOBAL

कोलोराडोमा समर पिकनिक सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

17 July, 2018 | Sandeep Bhattarai | 1470 Views | comments

समर पिकनिक

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रमसंगै शनिबार सम्पन्न भयो ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा कोलोराडोमा सक्रिय संघ संस्था, व्यावसायी, बुद्धीजिवी लगायतका दाताहरुको सहयोगमा समर पिकनिक सम्पन्न भएको हो ।

स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङको प्रमुख आतिथ्यतामा तथा चर्चित गायकद्धय पुरुषोक्तम न्यौपाने र रुपेश न्यौपानेको बिशेष आतिथ्यतामा नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा स्थानीय नेपाली, नेपाली मुलका नेपाली भाषी भुटनिज तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उपस्थित संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधीहरु र गन्यमान्य, बुद्धीजिवीहरुलाई सुभकामना मन्तब्य राख्ने अवसर दिईएको थियो । कार्यक्रममा गायक द्धयले बिभिन्न चर्चित गीत गाएर सबैलाई नचाएका थिए भने केही कवि कवयत्रीहरुले कविता, गजल वाचन गरि मनोरन्जन प्रदान गरेका थिए ।

पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन आयोजक संस्थाको संयोजन तथा समन्वयमा माध्यामिक बिद्यालय स्थरीय निवन्ध प्रतियोगिता, बिभिन्न पांच किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा गल्फ, टेनिस, फुटबल भलिबल बाई साईकल रेस लगायतका रहेका थिए । कार्यक्रममा निवन्ध प्रतियोगिता तथा खेलकुदका बिजयी प्रतियोगीहरुलाई प्रमुख अतिथी मेयर ज्वाईसी डाउन्निङ, आयोजक संस्थाका अध्यक्ष बिनोद त्रीपाठीले संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरेका थिए ।

बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साह जनक उपस्थिती रहेको उक्त कार्यक्रममा नेपालको बस्तु स्थिती झल्कने टिसटर्, टोपी लगाएर आउने मानिसहरुको उपस्थिती उल्लेख्य रहेको थियो । ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रममा पिस्कर भोलेन्टियर ड्यानीयल एडवार्डले सन् १९६६ देखि १९७५ सम्म नेपालको बिभिन्न स्थानमा खिचेको फोटो कलेक्सनको पुस्तक प्रदर्शन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा आगामी जुलाई २१ तरिकमा कोलोराडोमा हुन लगेको अमेरिकन सोसाईटी अफ नेप्लिज इन्जिनीयर्सको एघारौ बार्षिक सम्मेलनको प्रचार प्रसार तथा रजिष्ट्रेसन र अगष्ट १० तारिकका दिन चर्चित गायक बिपुल क्षेत्रीको सांगीतिक कन्सर्टको पनि प्रचार प्रसार तथा टिकट बितरण कार्यक्रम गरिएको थियो । त्यस्तै कार्यक्रममा गत जुलाई ५ का दिन सडक दुर्घटनाबाट गम्भीर घाईते भई अस्पत्तालमा उपचार गराईरहेका मनोज पन्तको सहयोगार्थ गोफन्ट खोलिएको र उनलाई सहयोगको आवश्यकता भएकोले सबैलाई यथासक्य सहयोग गर्न आग्रह गरिएको थियो ।

समर पिकनिक

कार्यक्रम संस्थाका महासचिव टिका पौडेलले संचालन गरेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष बिनोद त्रिपाठीले उपस्थित प्रमुख अतिथी, विशेष अतिथी लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK