कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक सम्पन्न

ENGLISH

NRN GLOBAL

कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक सम्पन्न

19 July, 2016 | Sandeep Bhattarai | 1750 Views | comments

नातिबाबु भट्ट, अमेरिका, कोलोराडो – अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रमसंगै आईतबार सम्पन्न भयो ।

p

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा बिभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा कोलोराडोको नर्थग्लेन सिटी स्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झण्डै ८ सय भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थियो । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सक्रिय सहभागिता गराउन आयोजक संस्थाको संयोजनमा तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा आयोजित निवन्ध लेखन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई नगद सहित प्रशंसा पत्र वितरण गरिएको थियो । माध्यामीक स्कुलमा अध्यनरत छात्र छात्रा विच गरिएको निवन्ध प्रतियोगीताका विजयीलाई क्रमश १ सय पचास, १ सय र पचास डलर नगद प्रदान गरिएको थियो ।

p1

प्रतियोगितामा ९ जनाले भाग लिएका थिए । त्यस्तै आयोजक संस्थाको समन्वयमा बिभिन्न सात किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा सकर, गल्फ, टेनिस, टेबल टेनिस , भलिबल बाई साईकल रेस बास्केट बल, लगायतका रहेका थिए । कार्यक्रममा खेलकुदका बिजयी प्रतियोगीहरुलाई स्थानीय नर्थग्लेन सिटीका मियर ज्वाईसी डाउन्निङ, समाज सेवी डा.विष्णु श्रेष्ठ , गायीका नलिना चित्रकार, संस्थाका अध्यक्ष शरद आचार्य, नेपाली घरका महासचिब लक्ष्मण राना, नेपाली जन संम्पर्क समिती कोलोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारी, एनआरएनका अध्यक्ष बासुदेब खनाल, प्रवासी मन्चका अध्यक्ष जगत श्रेष्ठ, तमुधिका अध्यक्ष चन्द्र गुरुङ, मनोज श्रेष्ठ लगायतका विभिन्न अतिथीहरुबाट संयुक्त रुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

p2

कार्यक्रममा यस बर्ष १२ कक्षा उत्तीर्ण गरेका र कलेज उत्तीर्ण गर्ने नेपाली समूदायका छात्र छात्राहरुलाई समेत सम्मान गरिएको थियो । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न फार्मर इन्सुरेन्सले लक्की ड्र खेलाएको थियो । जसमा बिरेन्द्रराज उपाध्ययले स्यामसुंग ग्यालेक्सीको ट्यावलेट जितेका थिए । बाल बालिका, बृद्ध, बृद्धा, युवा-युवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाली पहिरन लगाएर आउने मानिसहरुको उपस्थिती भने सुन्य नै थियो । ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागीहरु एक आपसमा भलाखुसारी गर्दै रमाई रहेको देख्दा आफूलाई नेपालमै भए जस्तो भान हुन्थ्यो ।

p3

कार्यक्रमको अन्त्यमा पिकनिक सहभागी भई कार्यक्रमलाई सहयोग गर्ने अतिथी लगायत सबैलाई आयोजक संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य र सल्लाहकार जगन्नाथ गौतमले धन्यवाद दिएका थिए ।

यो पनि हेर्नुस – डिसीमा ग्रीष्मकालीन संगीतात्मक साँझको भब्य तयारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK