कोलोराडोमा भानु जयन्तीसंगै कवि गोष्ठी सम्पन्न

ENGLISH

NRN GLOBAL

कोलोराडोमा भानु जयन्तीसंगै कवि गोष्ठी सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

9 July, 2017 | Sandeep Bhattarai | 755 Views | comments

भानु जयन्ती

नेपाली भाषिक एकताका नायक तथा आदि कवि भानुभक्तको २०४ औं जन्म जयन्तीको उपलक्ष्यमा कोलोराडोमा कवि गोष्ठी समारोह सम्पन्न गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार भानुको तस्विरमा माल्यार्पण र भाषिक एकतामा उनको देनको चर्चा संगै कवि गोष्ठी सम्पन्न भएको हो । समारोहमा, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवि, कवयत्री, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिकको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रमको सुरुमा उपस्थित सबैले भानुको तस्विरमा फूलमाला चढाई श्रद्धा अर्पण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी बिकले कार्यक्रम सफलताको शुभकामना दिएका थिए भने कार्यसमिती सदस्य तथा कवि नेन्द्र काङ्खलेले भानुको परिचय संगै उनले नेपाली भाषिक एकतामा पुर्याएको योगदानको प्रकाश पारेका  थिए ।

कार्यक्रमको दोश्रो सत्रमा सम्पन्न कवी गोष्ठीमा झण्डै डेड दर्जन भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । यसरी कवीता बाचन गर्नेहरुमा तारा अधिकारी, हरि लामीछाने, दामोदर लुईटेल, हरि अधिकारी, भिष्म प्रधान, पदम बिक, नातिबाबु भट्ट, मिना पौडेल, ज्ञानेन्द्र काङ्खले, बासु दाहाल, विजय अधिकारी, गौतमसागर राई भुपेन्द्र महत लगायत रहेका थिए । कार्यक्रममा यसोदा भट्टले असारे गीत र बाल कवयत्रीले मारिया अधिकारीले अग्रेजीमा कविता बाचन गरेकी थिईन ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका उपाध्यक्ष मीना पौडेलको अध्यक्षतामा संम्पन्न कार्यक्रमा संस्थाका महासचिव  गौतमसागर राईले उपस्थित सबैलाई स्वागत गरेका थिए भने ,सदस्य धन पौड्यालले कार्यक्रम संलालन गरेकी थिईन् ।

भानु जयन्ती

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्देश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

युएईमा रहेका नेपालीहरुले २०४ औं भानुजयन्ती मनाउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK