कोलोराडोमा सक्रिय संस्था लङमन्ट हिमालयज् लायन्स क्लब र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजना शनिबार रक्तदान कार्यक्रम सम्पन्न भयो । बोल्डर स्थित बोनफिल्स सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिला र १४ जना पुरुष गरि १७ जना नेपालीले र १ स्थानीयले रक्तदान गरेका हुन् ।
रक्तदान गर्न इच्छुक झण्डै ३० जना भए पनि बिभिन्न कारणले गर्दा १८ जनामात्र रक्तदान गर्नयोग्य ठहरिएका थिए । रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा नारायण श्रेष्ठ, टिका पौडेल, रवी जोशी, श्रीराम लुईटेल, लुना पौडेल, उमेश श्रेष्ठ, डा.पंकज तिमल्सेना, नातिबाबु भट्ट, सरोज शिल्पकार, सबिन गौली, सबिना गौली, संवित भट्टराई, सर्जु खड्का, मणी बस्नेत, रोहित श्रेष्ठ, कपील सुबेदी, शेखर पोख्रेल र स्थानीय स्टेभीन बेनफील्ड रहेका छन् । कार्यक्रममा लुना पौडेलको आठौं रक्तदान भएकोले रक्त संचारका प्रमुखबाट १ ग्यालेनको पीन प्राप्त गरेकी थिईन् ।
आयोजक संस्था लङमन्ट हिमालयज् लायन्स क्लबका अध्यक्ष बिकल पराजुलीले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् । एक जनाको रगतले ३ जनालाई बचाउन सकिने यस्तो अमुल्य दानको कार्यक्रम नियमित गरिने उनको भनाई रहेको छ ।
रक्तदान कार्यक्रम सफल पार्न बोनफिल्ड रक्तसंचार केन्द्र बोल्डरले प्राविधिक सहयोग उपलब्ध गरेको ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका संयोजक तथा केन्द्रिय सदस्य टिका पौडेले बताएका छन् । उनले रक्तदान गरौं जिवन बचाउ भन्ने मूलनारालाई आत्मा साथ गर्दै ब्लड डोनर्स अफ अमेरीकाले २००९ देखी रक्तदान गर्न अभिप्ररित गर्दै आएको र यसको अमेरिकामा २६ स्टेडमा च्याप्टर बिस्तार भएको बताएका छन् ।
कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताए । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनीहरुको भनाई छ ।
कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीकाका क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार गन्यमान्यहरुको उपस्थिती रहेको थियो ।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...