कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

14 October, 2018 | Sandeep Bhattarai | 4235 Views | comments

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार साँझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा नर्थग्लीनमा प्राध्यापक डा.खगेन्द्रप्रसाद लुईटेलको प्रमुख आतित्थ्यता तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको विशेष आतित्थ्यतामा गायक दिपेश किशोर भट्टराई तथा स्थानीय कलाकारहरुका माझ बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक डा.खगेन्द्रप्रसाद लुईटेलबाट पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यावसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।

मातृभुमी नेपाल र कर्मभुमी अमेरीकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमा संस्थाका महा सचिव टिका पौडेलले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी लुईटेलले दशैं तिहार र छठको शुभकामना दिंदै, नेपाल देखि यति टाढा आएर बसोबास गरेरपनि नेपालको धर्म संस्कृतीलाई निरन्तरता दिई संरक्षण र पहिचाहनमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए ।

उनले मातृभुमीलाई नभुल्न र यथा सक्य सहयोग गर्न सबैलाई आग्रह गरे । त्यस्तै अध्यक्ष विनोद त्रिपाठीले महान चाडको उपलक्ष्यमा सबैलाई शुभकामना दिदैं अमेरिकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहाँका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृती पहिचान गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

साँझ साढे ७ बजे सुरु भई ९ बजे सम्म संचालन भएको कार्यक्रममा गायक दिपेशकिशोर भट्टराई सम्झना पाण्डे, ईशा कार्की, दिनेश कार्की लगायतका कलाकारले सुमधुर गीत गाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए । त्यस्तैगरि गीता कठायत, प्रज्ञा गहतराज, ज्योती सुनुवार, श्रीका आचार्य, अभ्यास भट्टराई, अनिसा भट्टराई लगायतका कलाकारले विभिन्न गीतमा सुन्दर नृत्य प्रदर्शन गरी मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा गायन तथा नृत्यमा भाग लिने सबै कलाकारहरुलाई प्रमुख अतिथी र संस्थाका अध्यक्षबाट प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथीलाई अध्यक्ष बिनोद त्रिपाठीले खादा पहिराई सम्मान गरेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष मणी बस्नेतले संचालन गरेका थिए ।

कार्यक्रम नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको झल्को दिने देउसी, भैलो खेल्दै टुङ्ग्याइएको थियो । सहभागीहरुलाई खसीको मासु, सेलरोटी सहितको स्वादिष्ट भोजन उपलब्ध थियो ।

कोलोराडोमा दशैं–तिहार “शुभकामना साँझ” आयोजना हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK