कोलोराडोमा ‘दर्पणछायाँ २’ को सफल प्रर्दशन

ENGLISH

NRN GLOBAL

कोलोराडोमा ‘दर्पणछायाँ २’ को सफल प्रर्दशन

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

3 May, 2017 | Sandeep Bhattarai | 830 Views | comments

दर्पणछायाँ २

 नेपाली कथानक चलचित्र ‘दर्पणछायाँ २’ को कोलोराडोमा सफलताका साथ प्रदर्शन सम्पन्न भएको छ ।

चलचित्रकी नायीका साहारा कार्की बसोबास गर्ने स्टेट कोलोराडोको वेस्टमिनीस्टर स्थित एएमसी हलमा प्रदर्शन गरिएको चलचित्र हेर्न ठूलो संख्यामा नेपाली, नेपाली भाषी भुटानी तथा भारतीय नागरिकहरुको उपस्थिती रहेको थियो ।

उक्त स्थानमा नवनायिका साहारालाई हौसला दिन वरिष्ठ गायिका मीरा राणा, पूर्व मिसनेपाल ईशानी श्रेष्ठ, नायक नवराज श्रेष्ठ, स्थानीय कलाकार, साहित्यकार, ब्यबसायी, संघसंस्थाका पदाधिकारी, पत्रकारहरुको जमघट रहेको थियो ।

दर्पणछायाँ २

चलचित्र प्रदर्शन सुरु हुनु आगाडी पूर्व मिसनेपाल ईशानी श्रेष्ठ संगै मंचमा पुगेकी नायिका साहारालाई गायिका मीरा राणाले खादा लगाई दिई सम्मान गरेकी थिईन् । कार्यक्रममा ईशानी श्रेष्ठ र मीरा राणाले नायिका कार्कीलाई बधाई दिदै, उज्वल भबिश्यको सुभकामना दिएका थिए भने, साहाराले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएकी थिईन् ।

त्यसैगरी सोही समारोहमा निर्माताद्धय रबी कार्की र साबु गदाल कार्कीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आफूहरुद्धारा निर्मित चलचित्र ‘दर्पणछायाँ  २’ हेर्न उत्साहका साथ यति धेरै जमघट भएको देख्दा अमेरिकामै नेपाली चलचित्र बनाउ भन्ने जोस पलाएको बताएका थिए ।

दर्पणछायाँ २

वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमीरेद्धारा निर्देशित, प्रेमकथामा आधारित चलचित्रको नायक पुष्पल खड्का रहेका छन् । आधुनिकतासंगै संगीतका साधनहरु हराउदै गएको र सर्जकहरु पनि बिर्सदै गएको हुनाले साधनको संरक्षण र सर्जकहरुको सम्मान गरौ भन्ने फिल्ममा सन्देश दिन खोजिएको छ ।

चलचित्र ‘दर्पणछायाँ २’को टिजर सार्वजनिक (टिजर सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK