कोलोराडोमा चार श्रष्टा अभिनन्दित

ENGLISH

NRN GLOBAL

कोलोराडोमा चार श्रष्टा अभिनन्दित

नातिबाबु भट्ट,कोलोराडो, अमेरिका

15 May, 2017 | Sandeep Bhattarai | 800 Views | comments

श्रष्टा

साहित्य, संगीत र पत्रकारिता जस्ता छुट्टाछुट्टै विधामा ख्याती कमाएका चार श्रष्टाहरुलाई कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि समारोहमा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, कवि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यिक पत्रकार तथा समिक्षक ब्याकुल पाठक, गायिका निर्मला श्रेष्ठ, साहित्यकार प्रमिला शर्मा र पत्रकार नातिबाबु भट्टलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रमका अतिथीहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका संस्थापक अध्यक्ष नविन दत्त, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रिपाठीले सम्मानित व्यक्तित्वहरुलाई फूलको माला, ढाका टोपी, र दोसल्ला ओडाई अभिनन्दन पत्र प्रदान गरेका थिए भने, आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले सबैको अभिनन्दन पत्र पढेर सुनाएका थिए ।

अभिनन्दित व्यक्ति पाठकले नेपाली भाषा साहित्य तथा पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको बारेमा साहित्यकार ज्ञानेन्द्र गदालले, गायिका निर्मला श्रेष्ठले गीत तथा संगित क्षेत्रमा गरेको योगदानको बारेमा आयोजक संस्थाका महासचिब गौतम सागर राईले प्रकाश पारेका थिए । त्यस्तैगरी अन्य अभिनन्दित व्यक्तित्व नातिबाबु भट्टको बारेमा अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष भुपेन्द्र महतले र साहित्यकार प्रमीला शर्माको साहित्यिक योगदानको बारेमा च्याप्टरको कार्यसमिती सदस्य यशोदा भट्टले सहभागीहरुलाई जानाकारी गराएकी थिईन् ।

यसरी अभिनन्दन कार्यक्रममा उपस्थित हुने अन्य अतिथीहरुमा वरिष्ठ गायक हिरण्य भोजपुरे, गायिका उर्मिला श्रेष्ठ, गायक बसन्त लम्साल, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष बासुदेब खनाल, डा.विजयराज शर्मा, नेपाली घरका पब्लिक रिलेसन अफिसर कुमार जंग कार्की, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका पूर्व अध्यक्ष निलम श्रेष्ठ, अन्तराष्ट्रिय कलाकार समाजका अध्यक्ष निर्मल प्याकुरेल, किरात राई समाजका पूर्व अध्यक्ष आकाश राई, यूएस नेपाल न्यूजका बिकल पराजुली लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारी आयोजक संस्थाका पदाधिकारी, स्थानीय कवि कवयत्री तथा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

अध्यक्ष कृष्णमुरारी ढुङ्गेललद्धारा पानसमा बत्तीबालेर सुरुगरिएको कार्यक्रममा, मुलुकले भर्खरै गुमाएका वरिष्ट साहित्यकार श्यामप्रसाद शर्मालाई संझदै तथा उपचारार्थ उज्वल जिशीको उपचारको सहयोग तथा शिघ्र स्वस्थ्यलाभका कामना गर्दै कार्यक्रम अगाडी बढेको थियो । कार्यक्रमा आयोजक संस्थाका सदस्य श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने अर्का सदस्य धन पौडेलले कार्यक्रम संचालन गरेकी थिईन् ।

कार्यक्रमको दोश्रो सत्रमा कविता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आफ्नो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पद्य , श्रृङ्गारिक जस्ता शैलीहरुमा कविता तथा गजलहरु वाचन गरेका थिए । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो भाषा संस्कृती, जन्मे हुर्केको देशको माया ममता त्याग्न सकिदैन रहेछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।

श्रष्टा

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्देश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

एन्जल लर्डद्वारा चार श्रष्टा सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK