कोलोराडोमा गायिका उषाकिरण अधिकारी अभिनन्दित

ENGLISH

NRN GLOBAL

कोलोराडोमा गायिका उषाकिरण अधिकारी अभिनन्दित

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

13 August, 2017 | Sandeep Bhattarai | 625 Views | comments

 कोलोराडो

नेपाली लोक गीतको क्षेत्रमा ख्याती कमाएकी गायिका उषाकिरण अधिकारीलाई कोलोराडोमा एक समारोहबीच अभिनन्दन गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि समारोहमा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा दुईसय भन्दा बढी लोकगीत गाएर कुनैबेला चर्चाको शिखरमा रहेकी गायिका उषाकिरणलाई अभिनन्दन गरिएको हो ।

तीज विशेषको रुपमा आयोजना गरिएको कार्यक्रममा महिला स्रष्टालाई यसरी भब्यरुपमा अभिनन्दित भएकी हुन् । गायिका अधिकारीलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुङ्गेल, साहित्यकार ज्ञानेन्द्र गदाल, उपाध्यक्ष मिना पौडेल, सचिव गौतमसागर राई लगायतले दोसल्ला ओढाई, फूलमाला लगाई दिई सम्मानपत्र प्रदानगरि अभिनन्दन गरेका हुन् ।

अभिनन्दित गायिका तथा कार्यक्रमका प्रमुख अतिथी उषाकिरण अधिकारीले पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रममा संस्थालाई सहयोग गर्ने सगरमाथा १० पटक सम्म सफल आरोहण गर्ने टांसी शेर्पा र शुदर्सन अधिकारीलाई खादा पहि-याई दिई सम्मान गरिएको थियो । कार्यक्रममा सगरमाथाको ५ पटकसम्म सफल आरोहण गर्ने वाङचु शेर्पा, ३ आरोहण गर्ने कामी टी शेर्पाको पनि उपस्थिती रहेको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव गौतमसागर राईले अभिनन्दित गायिकाले लोकगीतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । त्यस्तै संस्थाका सदस्य श्याम श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए भने, धन पौडेलले कार्यक्रम संचालन गरेकी थिईन् ।

कार्यक्रमको दोश्रो सत्रमा कबिता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै डेड दर्जज भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आफ्नो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । केहिले तीजका गीत, भजन, नृत्य र केहिले कमीडी प्रस्तुत गरेका थिए । कार्यक्रममा दिदी बहिनीहरु रातो साडी चोलोमा सजिएर तिजको गीत गाउदै छमछम नाची रहदा आफुलाई नेपाली घर आगनमा भएको भान हुन्थ्यो । कार्यक्रम पछी दिदी बहिनीहरुले घर घरमा तयार पारेर ल्याएका मिठा मिठा परिकारका दर खाने ब्यावस्था समेत गरिएको थियो ।

मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो  भाषा सस्कृती, जन्मे हुर्केको देशको माया ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।

 कोलोराडो

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

कोलोराडोमा भानु जयन्तीसंगै कवि गोष्ठी सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

वलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंह सम्बन्धका...

आमिरको एक निर्णयले बदलियो यीनको जीवन

मानिस हतारमा निर्णय गर्दछ अनि फुर्सदमा पछुताउँछ । हतारमा...

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया...

श्रीमद् भागवत गीता महापुराण

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

नर्थ क्यारोलिनाको ट्रायड नेप्लिज कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif