कोलोराडोमा कलाकार गोविन्दसिह रावतलाई अभिनन्दन

ENGLISH

NRN GLOBAL

कोलोराडोमा कलाकार गोविन्दसिह रावतलाई अभिनन्दन

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

15 January, 2017 | Sandeep Bhattarai | 1135 Views | comments

अभिनन्दन

साहित्य तथा कलाको क्षेत्रमा ख्याती कमाएका प्रध्यापक डा. गोविन्दसिह रावतलाई कोलोराडोमा एक समारोहबीच अभिनन्दन गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि समारोहमा कोलोराडोमा सक्रिय  संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यकार तथा कलाकार प्रध्यापक डा.गोविन्दसिह रावतलाइ अभिनन्दन गरिएको हो ।

कार्यक्रमका विशेष तिथी अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले फूलको माला लगाई दिइ तथा आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले सम्मान पत्र प्रदानगरि रावतलाई सम्मान गरेका हुन् । अभिनन्दित ब्यक्ति रावतले नेपाली भाषा साहित्य तथा कलाको क्षेत्रमा पुर्याएको योगदानको बारेमा अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष साबु गदाल र विशेष अतिथी पदम बिकले प्रकाश पारेका थिए भने, समिक्षा डा.विजयराज शर्माले गरेका थिए ।

यसरी अभिनन्दन कार्यक्रममा उपस्थित हुनेहरुमा नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, प्रवासी नेपाली मंचका अध्यक्ष जगत श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, अन्तराष्ट्रिय कलाकार समाजका अध्यक्ष निर्मल प्याकुरेल, किरात राई समाजका आकाश राई, ब्लड डोनर्स अफ अमेरिकाका भुषणलाल श्रेष्ठ लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

मुलुकले भर्खरै गुमाएका भाषा कला तथा साहित्यका दुई हस्तिहरु कनकमणी दिक्षीत र बिष्णुभक्त फुँयाललको सम्झनामा मौनधारण पछि सुरुभएको कार्यक्रमा आयोजक संस्थाका सचिव दामोदर लुईटेलले कार्यक्रमा उपस्थित सबैलाई स्वागत गरेका थिए भने महासचिव गौतमसागर राईले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रमको दोश्रो सत्रमा कविता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै डेड दर्जज भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ – आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । केहिले गीत र केहिले अभिनय र अनुभबहरुपनि प्रस्तुत गरेका थिए । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।

अभिनन्दन

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको कार्यसमिती बिस्तार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK