कोलोराडोको लङमन्टमा नेपालीको सक्रियतामा लायन्स क्लब गठन

ENGLISH

NRN GLOBAL

कोलोराडोको लङमन्टमा नेपालीको सक्रियतामा लायन्स क्लब गठन

4 July, 2016 | Sandeep Bhattarai | 2195 Views | comments

नातिबाबु भट्ट, कोलोराडो अमेरिका – कोलोराडो स्थित लङमन्ट सिटीमा स्थानीय नेपालीहरुको सकृयतामा लङमन्ट हिमालयज लायन्स क्लब गठन गरेका छन् ।

l

गत मे २१ का दिन स्थानीय नेपालीहरुको भेलाले कर्मभूमि अमेरीका र जन्मभूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत गोलबन्द भएर जाने निर्णय गरे अनुसार सबै प्रकृया पुरा गरि शुक्रबार डिष्ट्रक गर्भनर केन मोरले हस्ताक्षर गरेपछि क्लबको औपचारिक गठन भएको हो ।

यसरी गठित क्लबको अध्यक्षतामा जोशन श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रेमकाजी श्रेष्ठ, द्धितिय उपाध्यक्षमा पुष्पा गुरुङ, तृतिय उपाध्यक्षमा पूर्ण श्रेष्ठ रहेका छन् । त्यसैगरि अन्य पदाधिकारिहरुमा सचिव, कोषाध्यक्ष, मेम्मर सिप चेयर पर्सन, कम्युनिकेशन अफिसर र टेक्निसियन अफिसरमा क्रमश प्रमोद श्रेष्ठ, संजय प्रधान, नारायण श्रेष्ठ, नातिबाबु भट्ट, बिक्रम श्रेष्ठ रहेका छन् । क्लवको विधान अनुसार  अन्य सदस्यहरु सबै बोर्ड मेम्वर रहने छन् । संस्थामा हाल सम्म २ दर्जन भन्दा बढि सदस्यहरु आवद्ध भई सकेका छन् ।

l1

सन् १९१७ मा अमेरिका सिकागोका एक व्यापारीको सकृयतामा स्थापना भएको यस क्लबको संजाल अहिले विश्वको २१० देशमा फिजिएको छ । कुनैपनि स्थानमा न्यूनतम २० जना सदस्य बनाए र सम्बधित डिष्ट्रीकमा निवेदन दिएपछि यसको आधिकारीक प्रकृया अगाडी बढ्छ । क्लबको निकट भविष्यमा भब्य उद्धाटन कार्यक्रम हुने अध्यक्ष जोशन श्रेष्ठले बताएका छन् । कार्यक्रम हुने मिति, स्थान र समय पछि प्रकाशन गरिने बताईएको छ ।

यो पनि हेर्नुस – कोलोराडोमा नेपालीको सकृयतामा लायन्स क्लब गठन गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK