कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो खेलिने

ENGLISH

NRN GLOBAL

कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो खेलिने

नातिबाबु भट्ट,कोलोराडो, अमेरिका –

15 October, 2017 | Sandeep Bhattarai | 1620 Views | comments

देउसी भैलो खेलिने

नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा कोलोराडो निवासी नेपाली समुदायले नेपालीहरुको बाक्लो बसोबास रहेको शहरहरु बोल्डर, लङमन्ट र अरोरामा देउसी भैलो खेल्ने भएका छन् ।

कोलोराडोमा क्रियासिल नेपाली घरको आयोजना तथा स्थानीय संघ संस्थाको सहयोगमा अक्टोबर १८ देखि २० तारिक सम्म देउसी भैलो खेलिन लागेको हो । बिशेष गरि नयाँ पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको र यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको संस्कृति पहिचाहन गराउने नेपाली घरका अध्यक्ष लक्षुमण रानाले बताएका छन् ।

यसरी देउसी भैलो खेलिने स्थानहरुमा अक्टोबर १८ साँझ ६ देखी ९ बजे सम्म लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा, अक्टोबर १९ साँझ ७ देखी ९ बोल्डर स्थित बोल्डर मेडोज कम्यूनिटी हलमा, त्यस्तै गरि कोलोराडोको दक्षिणी क्षेत्र अरोरामा अक्टोबर २० साँझ बिभिन्न घरहरुमा घरदैलो कार्यक्रम गरि देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका महासचिव निर्मल श्रेष्ठले बताएका छन् ।

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धिजिवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकले सकेसम्म सबैलाई आ–आफ्नो जातीय पहिरन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृती सिक्ने र सिकाउने वातावरण बनाई दिनु हुन सबैलाई आग्रह गरेको छ ।

देउसी भैलो खेलिने

छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको छ ।नेपाली घरले नेपालीहरुको भाषा, संस्कृती , रिती रिवाज, तथा भेषभुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले देउसी भैलोबाट संकलन गरिएको रकम सबै नेपाली घरको खातामा जम्मा गरिने र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गर्ने बताएको छ ।

कोलोराडोमा दशैं-तिहार शुभकामना कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK