कोलकातामा भानुजयन्ती मनाइयो : भानुको शालिक निर्माण हुने

ENGLISH

NRN GLOBAL

कोलकातामा भानुजयन्ती मनाइयो : भानुको शालिक निर्माण हुने

28 July, 2017 | Sandeep Bhattarai | 835 Views | comments

भानुभक्त

दुईसय चारौँ भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ ।

कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक भानुभक्त आचार्यको जन्मजयन्ती १७ वर्षदेखि मनाउँदै आएको छ । सो अवसरमा नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली भाषा, साहित्य, संस्कृति, कलाको संरक्षणमा आफू र नेपाल सरकारबाट पूर्ण सहयोग रहने आश्वासन दिनुभयो ।

भारत, पश्चिम बंगालका सहकारीमन्त्री अरुप रायले भानु–रवि (भानुभक्त आचार्य–रवीन्द्रनाथ) ठाकुर काव्य उद्यान निर्माणका लागि सरकारबाट जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भानु जयन्ती विशेष समारोहमा समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले कोलकातामा रहेका नेपालीले नेपाली भाषा र साहित्यका लागि धेरै काम गरेको बताउनुभयो । सो अवसरमा जनकल्याण समिति कोलकाताले भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे, सार्क कल्चरल सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र गुरागाईं एवम् बराललाई सम्मान गरेको छ ।

सो अवसरमा कोलकातामा रहनुभएका नेपालका नृत्य नृत्यनिर्देशक दिलीप थापा र रवीन दासको निर्देशनमा सांस्कृतिक कार्यक्रम र नाटक प्रस्तुत गरिएको थियो । गत असार २९ गते नेपालमा आयोजित भानुजयन्तीमा कोलकाताबाट सहभागी हुनुभएका जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापा तथा महासचिव रामबहादुर कार्कीले भानुजयन्तीबाट नेपाल र भारतमा रहेका नेपालीबीच राम्रो सम्बन्ध कायम भएको बताउनुभयो ।

सम्मानित घिमिरेले पश्चिम बंगाल सरकारले भानुभक्तको शालिक निर्माण गर्न सहयोग पु¥याउन गरेको प्रतिबद्धताप्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा जनकल्याण समितिको प्रकाशन तथा नरविक्रम थापा सम्पादक रहेको ‘बिहानी’ पत्रिकाको अठारौँ अङ्क र नेपाली साहित्य, धर्म, संस्कृतिबारे जानकारी भएको वार्षिक नेपाली पात्रोसमेत विमोचन गरिएको थियो । पत्रिकामा नेपाल र भारतका विभिन्न विधाका ख्यातिप्राप्त स्रष्टाका लेखरचना समाविष्ट छन् ।

रूसमा भानुजयन्ती मनाइयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK