कोरियाले नेपालको दुर्गम ग्रामीण बस्तीहरुमा इ-मेडिसिन र चिकित्सा सेवा संचालन गर्ने

ENGLISH

NRN GLOBAL

कोरियाले नेपालको दुर्गम ग्रामीण बस्तीहरुमा इ-मेडिसिन र चिकित्सा सेवा संचालन गर्ने

11 June, 2016 | Sandeep Bhattarai | 510 Views | comments

दक्षिण कोरियामा रहेका नेपाली तथा दक्षिण कोरियनहरुको सहभागितामा हालै सम्पन्न एक गोष्ठीमा नेपालका सूचना प्रविधि विज्ञ तथा समाजसेवी महावीर पुनसंगको सहकार्यमा नेपालको दुर्गम ग्रामीण बस्तीहरुमा इ-मेडिसिन र चिकित्सा सेवा संचालन गर्ने विषयमा सहमति भएको छ ।

Korea

दक्षिण कोरियामा हालै नेपाली समुदाय, कोरियन नागरिक तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति तथा विभिन्न संघ संस्थाहरुको आयोजनामा सम्पन्न हेल्थ केयर सम्बन्धी गोष्ठी तथा अन्तरक्रियामा सो प्रतिबद्धता जनाइएको हो ।सो कार्यक्रमका प्रमुख आकर्षण नेपालका सूचना प्रविधि विज्ञ महावीर पुन लगायत नेपालका लागि विभिन्न समयमा हेल्थ क्याम्पहरु संचालनमा सहभागी भैसकेका डाक्टरहरु, कोरियाको ख्यंगसान बोक्दो क्षेत्रमा अध्यनरत नेपाली विद्यार्थी तथा कोरियन नागरिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी बिज्ञहरुको भेलाले निकट भविष्यमा नेपाललाई माया गर्ने चिकित्सकहरुलाई एकसूत्रमा बाँध्दै अत्याधुनिक संचार उपकरणको प्रयोगमार्फत सामाजिक अभियन्ता महावीर पुनसंगको सहकार्यमा नेपालका दुर्गम तथा बिकट क्षेत्रमा कुनै पनि समयमा स्वास्थ्य सेवा लिन सक्ने गरी टेलिमेडिसिन वा ई–हेल्थकेयर सेवा संचालन गर्ने निर्णय समेत गरेको हो ।

त्यसै गरी अमेरिकास्थित पुरुदु बिश्वबिद्यालयका प्राध्यापक डा व्यंग छल मिन तथा भारतको मणिपाल बिश्वबिधालयका प्राध्यापक डा एचजे जोशी, साना तथा मध्यम उद्योगी संघ दक्षिण कोरियाका अधक्ष्य डा जोंग गयु छे लगायतले कार्यपत्र प्रस्तुत गर्दै विकाशशिल तथा अति अबिकसित मुलुकहरुमा यूबिक्विटस–हेल्थकेयरको उपादेता तथा महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा डा प्रतिभा भण्डारी, दीर्घ कुमार लामिछाने, प्रविन शाक्य, प्राध्यापक योन न्यून किम, डा लि जोंग क्यु, नेपाली राजदुतवास सिउका प्रतिनिधि दिपक बन्जाडे लगायतले टेलिमेडिसिन वा ई–हेल्थकेयर सेवा सम्बन्धित प्रतिबेदन प्रस्तुत गरेका थिए ।

ख्यंगसान बोक्दो प्रान्तको यौन्गनाम बिश्वबिधालयमा संचालित कार्यक्रमको सहजीकर्ताका रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव समितिका सदस्य तथा पूर्व आइसिसि प्रतिनिधि डा देबी बहादुर बस्नेत, योंगनाम बिश्वबिद्यालयका प्राध्यापक डा रोशन प्रधान, डा राजेश चन्द्र जोशी तथा डा ज्ञानेन्द्रराज जोशी रहेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रम अवधिभर दक्षिण कोरियामा रहेको नेपाली बिद्यार्थीहरुको साझा संस्था नेपाली बिद्यार्थी समाज कोरिया (सोनसिक)ले स्वयमसेवकीय भूमिका निभाएको थियो ।सोही समारोहमा सोनसिकले ख्यंगसानबोक्दो क्षेत्रका नेपाली बिद्यार्थीलार्इ लक्षित गरि डा. सन्जिब हुमागाईं, डा. तारामान कडायत तथा योंगनाम बिश्वबिधालयका प्राध्यापक डा. व्यंग वांग लिको सहभागितामा नेतृत्व विकास तथा शैक्षिक पोस्टर प्रदर्शिनी कार्यक्रमको आयोजन गरेको थियो ।

यो पनि हेर्नुस – नेपाली विद्यार्थी चीनको विश्वविद्यालयमा उत्कृष्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK