नेपालस्थित कोरियाली दूतावासले कोरियाको संस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले शनिबारदेखि ‘कोरियाली संस्कृति सप्ताह’ आयोजना गर्ने भएको छ ।
कार्यक्रमको अवधिभर वेशभूषा प्रदर्शनी, कोरियाली खानालगायत विभिन्न सामग्रीको प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, उत्कृष्ट चलचित्र प्रदर्शन लगायतका कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
नेपालका लागि कोरियाली राजदूत पार्क योङ–सिकले सांस्कृतिक कार्यक्रमले कोरिया र नेपालको सम्बन्ध अझै मजबुत बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो । धेरै नेपालीले कोरिया जानका लागि भाषा परीक्षा दिने उद्देश्यले भाषा पढेका छन् । उहाँ भन्नुहुन्छ, “८० हजार जनाले परीक्षा दिन लाग्नुले पनि कोरियन भाषा धेरै नेपालीले जान्ने देखाएको छ ।”
कार्यक्रममा पहिले छनौट भएका १० जनाका बीचमा वक्तृत्वकला प्रतियोगितासमेत भएको छ । आज(शनिबार)बाट पुल्चोकस्थित लबिङ मलमा उत्कृष्ट कोरियाली फिल्महरु प्रदर्शन गरिदैछ ।
कार्यक्रममा कूटनीतिज्ञ, सरकारी अधिकारी, पत्रकार, विद्यार्थी लगायतको उपस्थिति थियो ।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...