बिराटनगरका उमेसको कोरियामा हृदयघातका कारण निधन

ENGLISH

NRN GLOBAL

बिराटनगरका उमेसको कोरियामा हृदयघातका कारण निधन

विकास श्रेष्ठ

6 May, 2017 | Bipin Acharya | 830 Views | comments

विराटनगरका २७ वर्षिय उमेशचन्द्र पौडेलको आज विहान कोरियामा हृदयघातका कारण निधन भएको छ ।

गजेदोको डेउ डिएसएमइमा कार्यरत पौडेलले आज बिहान तीन वजे आफुलाई सास फेर्न गाह्रो भयो भनेपछि उनका साथीहरुले एम्बुलेन्स मार्फत अस्पतालमा पु¥याइएको एक घण्टा पछि चिकित्सकले पौडेललाई मृत घोषणा गरेको उनका सहकर्मी दिनेश पौडेलले जानकारी दिएका छन् ।

एक वर्ष अघि मात्र रोजगारीका लागि कोरिया प्रवेश गरेका मृतक पौडेल विवाहित भएको र विराटनगरमा श्रीमती र एक छोरी रहेको बुझिएको छ । मृतक पौडेलको शव अहिले अस्पतालमा राखिएको छ ।

यसैबीच राजधानी सोलस्थित नेपाली दुतावासले पनि घटनाका बारेमा खबर आएको बताएको छ । सोमबार घटनास्थल जाने तयारी भएको कार्यबाहक राजदूत किरण शाक्यले बताउनु भएको छ ।

कोरियामा पछिल्लो समय सुतेको अवश्थामा मृत्यु हुने क्रम बढेको छ । यद्यपी नेपाल सरकार, नेपालस्थित इपिएस साखा र नेपाली दुतावासले न्यूनिकरण, अध्ययन गरेर मृत्युको वास्तविक कारण बाहिर ल्याउन खासै चासो देखाएको भने छैन । रेमिट्यान्स रमाउने नेपाल सरकार र त्यसका मातहतका निकायले चासो नदिदाँ कोरियामा कार्यरत नेपाली चिन्तित छन् । झण्डै दुइ महिनाको अवधिमा सुतेको अवस्थामा चार जनाको ज्यान गइसकेको छ ,भने सन् दुइ हजार आठ यता एक सय दश भन्दा बढिको विभिन्न कारणले ज्यान गइसकेको छ ।
कोरियास्थित नेपाली दुतावासले यस अघि थेजनमा तनाब व्यावश्थापन र स्वास्थ्यका बारेमा चेतना दिने उद्धेश्यले कार्यक्रम पनि समेत गरेको थियो । कार्यक्रममा पटक पटक अस्पतालमा गएर स्वास्थ्य चेकजाँज, प्रर्याप्त मात्रामा निद्रा, पानी पिउने, मध्यपान धुम्रपान नगर्ने, नियमित व्यायम गर्नुपर्ने र स्वास्थ्यका बारेमा व्याक्ति स्वंय सचेत हुनुपर्ने लगायत विभिन्न सचेतना मुलक सन्देश दिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK