कोरियामा सुतेकै अवस्थामा कार्कीको मृत्यु

ENGLISH

NRN GLOBAL

कोरियामा सुतेकै अवस्थामा कार्कीको मृत्यु

22 November, 2018 | Kabiraj Adhikari | 1620 Views | comments

दक्षिण कोरियामा बुधबार एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो ।

Dead body

कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए ।

मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिनुभयो ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढेको छ । गत महीनामात्र पाँचथर फिदिम नगरपालिकाका राजेश तुम्बापोको काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।

डिप्रेसनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा मृत्यु हुने नेपालीको सङ्ख्या डरलाग्दो रुपमा बढिरहेको उहाँले बताउनुभयो । सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ । रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत हाल कोरियामा करीब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK