कोरियामा मजदुरको तलब वृद्धि बारे अन्योल कायमै

ENGLISH

NRN GLOBAL

कोरियामा मजदुरको तलब वृद्धि बारे अन्योल कायमै

13 July, 2016 | Sandeep Bhattarai | 1615 Views | comments

देवेन्द्र सम्बाहाम्फे , सोल – दक्षिण कोरियामा कार्यरत मजदुरहरुको तलब वृद्धि हुने नहुने बारे अन्योल कायम नै रहेको छ । सन् २०१७ का लागि तलब तोक्न बसेको ज्वाला निर्धारण समितिको बैठक लगातार निष्कर्षविहीन भएपछि तलब वृद्धिबारे अन्योल भएको हो ।

meeting

समितिको कार्यालय सेजोङ सीमा ११ औं बैठक सोमबार दिउँसो ३ बजेदेखि राति साढे ११ बजेसम्म बसे पनि निष्कर्षविहीन टुंगिएको थियो । प्रतिनीधि, रोजगारदाता र सरकारी प्रतिनीधि संलग्न पूर्ण बैठकमा मजदुर र रोजगारदाता प्रतिनीधिहरुले आ–आफ्नै अडान दोहोर्‍याएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

मजदुर प्रतिनीधिहरुले महंगीका कारण दैनिक जीवनयापन गर्न कठिन रहेको भन्दै प्रतिघन्टा १० हजार वन हुनुपर्ने माग राखेका छन् भने रोजगारदाता प्रतिनीधिले आर्थिक मन्दीका कारण हालको ज्याला प्रतिघन्टा ६ हजार ३० वनमा घटाउनु पर्ने प्रस्ताव अघि सार्दै आएका छन् ।

यस अघिको बैठकमा रोजगारदाता प्रतिनीधिहरुले कम्पनीको अवस्था र अनुकुल अनुसार कामदारको तलब निर्धारण गर्न पाउनुपर्ने राखेको प्रस्तावलाई बहुमतले अस्विकार गरेको थियो । कोरियामा मजदुरको ज्याला निर्धारण गर्न ढिलाई भएको यो पहिलो पटक हो । सामान्य अवस्थामा जुन अन्तिममा नै निर्णय भइसक्नुपर्ने प्रावधान रहेको छ ।

समितिमा प्रतिनीधि,रोजगारदाता र सरकारी प्रतिनीधि ९–९ जना रहने व्यवस्था छ । कुनै विषयमा निर्णय लिनुपरे मतदान गर्ने प्रकृया रहेको छ । अर्को बैठक आज ३ बजेदेखि पुन: बस्ने जनाइएको छ ।मजदुर संगठनहरुले आफ्नो माग पुरा नभएसम्म सेजोङ सी श्रम तथा रोजगार मन्त्रालय को अगाडी निरन्तर अन्तरक्रिया गर्ने जनाएका छन् । उनीहरुले पत्रकार सम्मेलन र दवाव मुलक कार्यक्रम गर्ने बताएका छन् ।

कान्तिपुर दैनिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK