कोरियामा बेरोजगार युवा बढे

ENGLISH

WORLD

कोरियामा बेरोजगार युवा बढे

21 July, 2016 | Krishna Adhikari | 1210 Views | comments

youth at koreaनेपाल बाट बर्सेनि कामदार ओसारिरहेको दक्षिण कोरियामा गएको महिनामा युवामा बेरोजगारी दर बढेको पाइएको छ । दक्षिण कोरिया सरकारले अघिल्ले वर्षको तुलनामा मे महिनामा दक्षिण कोरियामा युवामा बेरोजगार दरमा वृद्धि भएको जनाएको छ । गएको मे महिनामा गत वर्षको तुलनामा युवा बेरोजगार दरमा वृद्धि भएर ९.७ पुगेको दक्षिण कोरियाको सरकारी तथ्याङ्कमा जनाइएको छ ।

गत वर्षको यसै महिनाको तुलनामा यसवर्ष ०.४ प्रतिशतले वृद्धि भएको हो । विगतका वर्षहरुको तुलनामा यसवर्ष भएको यो बृद्धिको बारेमा कोरियाली तथ्याङ्क विभागले हालैमात्र सार्वजनिक गरेको हो ।यसवर्ष १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बेरोजगारी दरमा वृद्धि भएको र मे महिनामा यो दर ९.७ पुगेको बुधबार सो विभागले जानकारी दिएको बताइएको हो ।

यस अघिका वर्षहरुमा सन् २०१३ मा यही मे महिनामा नै यो दर ८.७ प्रतिशत थियो भने सन् २०१४ यसमा वृद्धि भएर ९.३ पुगेको थियो । तर यसको तुलनामा दक्षिण कोरियाको बेरोजगारी दरमा भने वृद्धि भएको छैन । पछिल्लो समयमा युवाहरुमा यस्तो प्रतिशत बढ्न थालेको समाचारमा जनाइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK