कोरियामा “नेपाली सांस्कृतिक केन्द्र” निर्माण हुने

ENGLISH

कोरियामा “नेपाली सांस्कृतिक केन्द्र” निर्माण हुने

4 January, 2018 | Kabi Adhikari | 3265 Views | comments

गैर आवासिय नेपाली संघ (एनआरएन) कोरियाले दक्षिण कोरियामा ‘नेपाली सांस्कृतिक केन्द्र’ निर्माण गर्ने भएको छ।

nrna-korea

एनआरएन कोरियाको सोमबार सुवनमा सम्पन्न बैठकले कोरियामा नेपालको कला र संस्कृतिलाई चिनाउन ‘नेपाली साँस्कृतिक केन्द्र’ निर्माण गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले नेपाली दूतावास र एनआरएन कोरियाको संयुक्त पहलमा आयोजना हुन लागेको मनोवैज्ञानिक परिक्षण तथा स्वास्थ परिक्षण कार्यक्रम उल्सानमा लगायतका क्षेत्रमा गर्ने बिषयमा छलफल भएको बैठक पछि प्रवक्ता अशोक मैनाली बताए।

प्रवक्ता मैनालीका अनुसार नेपालबाट कोरिया आउन लागेको स्वास्थ्य मन्त्रालयको चिकित्सक ,मनोविज्ञ सहितको टोलीले मनोवैज्ञानिक तथा स्वास्थ परिक्षण गर्नेछ। जनवरी २८ तारिखमा हुने सो कार्यक्रमको स्थान भने नेपाली दूतावास सँगको समन्वयमा तय हुने पनि मैनालीले बताए।

सो बैठकले संरक्षकहरू समेत चयन गरेको छ । संरक्षकहरूमा रूद्द शर्मा,ध्यान राई ,केपी सिटौला,डा देबी बस्नेत ,गंगाराज राई ,भिम गुरूगं रहेका छन् ।

त्यस्तै बैठकले एनआरएन कोरियाको सल्लाहकारहरू समेत चयन गरेको छ। सल्लाहकारहरूमा निवर्तमान अध्यक्ष राजु क्षेत्री ,छैठौँ अधिवेशनमा अध्यक्ष पदका निकटम प्रतिस्पर्धी तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष ओम जुग्जाली मगर,व्यवसायी तथा समाजसेवीहरू बुद्दी गुरूग, गिरीराज कुवँर,काजी नेपाल,रविन तामांग,नवराज सिवाकोटी,रिशमान गुरूग ,दिनेश हिराचन रहेका छन् । दुई जना भने पछि थपिने एनआरएन कोरियाले जनाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK