कोरियामा नेपाली कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैयाँ

ENGLISH

NRN GLOBAL

कोरियामा नेपाली कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैयाँ

16 July, 2016 | Sandeep Bhattarai | 1695 Views | comments

korea1-1-300x200-1-300x200-1-300x200देवेन्द्र सम्बाहाम्फे , सोल – रोजगार अमुनति प्रणाली (इपीएस) बाट मजदुरी गर्न दक्षिण कोरिया आएका नेपाली कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ ।

कोरियाको ज्याला निर्धारण समितिको १४ औं बैठकले शनिबार बिहान ३.३० बजे ७.३ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेसँगै नेपाली कामदारको न्यूनत्तम तलबमा वृद्धि भएको हो ।

सन् २०१७ देखि लागू हुने नयाँ तलबमान अनुसार मजदूरले प्रतिघण्टा ६ हजार ४ सय ७० वन (करिब ६ सय रुपैयाँ) पाउने भएका छन् । हाल प्रतिघण्टा ६ हजार ३० वन पाउँदै आएका छन् ।

तलब बृद्धिसँगै उद्योगको प्रकृति अनुसार महिनामा २०९ घण्टा काम गर्ने नेपाली कामदारले न्युनतम १३ लाख ५२ हजार २ सय ३० वन (करिब १ लाख ३० हजार रुपैयाँ) पाउने भएका छन् ।

शुक्रबार साँझ ५ बजेदेखि ज्याला निर्धारण समितिको कार्यालय सेजोङ सीमा भएको बैठक राति अबेरसम्म पनि समझदारी नभए पछि मतदान भएको थियो । समितिमा मजदूर , रोजगारदाता र सरकारी प्रतिनीधि ९/९ गरि २७ जना रहने व्यवस्था छ ।

मतदानमा सरकारी र रोजगारदाता प्रतिनिधि १६ जना मात्र सहभागी भएका थिए । १६ मध्ये १४ जनाले ७.३ प्रतिशत बढाउनुपर्छ भन्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए भने १ जना तटस्थ र १ जनाले बहिस्कार गरेका थिए । मजदुर प्रतिनिधिहरुले भने प्रतिघण्टा १० हजार वन हुनुपर्ने माग राख्दै मतदान बहिस्कार गरेका थिए ।

बहुमतले प्रस्तावको पक्षमा मतदान गरेपछि समितिका अध्यक्ष पार्क जुन सङले २०१७ का लागि मजदूरको तलब ७.३ प्रतिशतले बृद्धि भएको घोषणा गरेका थिए ।आज पारित भएको प्रस्तावका लागि २० दिनसम्म उजुरी म्याद राखिएको छ । यो अवधिमा कुनै पक्षबाट उजुरी नआए श्रम तथा रोजगार मन्त्रीले अगस्त ५ मा मन्त्रिपरिषद पेश गर्ने छन् । मन्त्रिपरिषदले पारित गरे पछि निर्णय २०१७ को जनवरीबाट लागु हुने प्रावधान छ ।

मजदूर संगठन केसिटियु र एमटियुले सरकारी र रोजगारदाता प्रतिनिधिले मात्र निर्धारण गरेको पारिश्रमिक अमान्य हुने बताउँदै विरोध गरेका छन् । उनीहरुले पत्रकार सम्मेलन गर्दै बढ्दो महँगीले अहिलेको तलब स्केलले दैनिक जीवन यापन गर्न गाह्रो हुने बताए । मजदुरहरुको अवस्थालाई अध्ययन नै नगरी दुई पक्षले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताए । प्रतिघण्टा १० हजार वन नभएसम्म आन्दोलन जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

कोरियामा मजदुरको तलब धेरथोर हरेक वर्ष वृद्धि हुँदै अएको छ । यस अघि २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६,२०१३ मा ६.१, २०१४ मा ७.२ २०१५ मा ७.१ र २०१६ मा ८.१ प्रतिशत बृद्धि भएको थियो ।

कोरियामा २ करोड स्वदेशी मजदुर छन् । यी मध्ये ५० लाख भन्दा बढी न्यूनत्तम आय भएका मजदुर छन् । तलब बृद्धिले न्यनतम आय भएका स्वदेशी र १० लाख बिदेशी मजदुरलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।

कान्तिपुर दैनिकबाट

यो पनि हेर्नुस – कोरियामा मजदुरको तलब वृद्धि बारे अन्योल कायमै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK