कोरियामा दुर्इ दिनमै तीन नेपालीले ज्यान गुमाए

ENGLISH

NRN GLOBAL

कोरियामा दुर्इ दिनमै तीन नेपालीले ज्यान गुमाए

विकास श्रेष्ठ, दक्षिण कोरिया

24 May, 2018 | Sandeep Bhattarai | 5075 Views | comments

मृत्यु

दक्षिण कोरियामा पछिल्ला दुर्इ दिनमा तीन नेपालीको मृत्यु भएको छ । सोमबार बिहान लमजुङका होम गुरुङ मृत फेला परेको भोलिपल्ट अर्थात गत मंगलबार सोलुखुम्बुका एक र म्याग्दीका एकजनाको मृत्यु भएको राजधानी सोलस्थित नेपाली दूतावासले जनाएको छ ।

लमजुङको दुराडाँडा घर भएका करिब ४५ वर्षीय गुरुङ राजधानी सोलको तोङ्देमूनस्थित एक मोटेल (आवासको मात्र सुविधा हुने होटल) मा मृत फेला परेको कोरियन प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले जानकारी दिए ।

आइतबार राति मोटेल लिएर एक्लै सुतेका मृतक गुरुङ सोमबार साँझसम्म काउण्टरमा नआएपछि प्रहरीको सहायतामा कोठा खोलिएको थियो । ढोका खोलेर हेर्दा गुरुङ मृत भेटिएका थिए । प्रहरीले मोटेलका राखिएका सिसिटिभी मार्फत आवश्यक जानकारी बुझेको थियो । गुरुङको शव अस्पतालमा लगेर पोष्टमार्टम गर्दा ह्दयघातका कारण निधन भएको रिपोर्ट आएको थियो ।

कोरियन प्रहरीले पनि अस्पतालको रिपोर्टका आधारमा गुरुङको शरिरमा कोलस्टोरल अत्याधिक भएकाले ह्दयघातले मृत्यु भएको बताएको थियो । मृतक गुरुङका श्रीमती र एक सन्तान रहेका बुझिएको छ । मृत्युबारे घरपरिवारलाई खबर गरिएको घटनास्थल पुगेका श्रम कन्सुलर बास्तोलाले जनाए ।

त्यसैगरी मंगलबार बिहान साढे बजे आन्सानस्थित एक कम्पनीमा कार्यरत म्याग्दीका थापा थरका एक नेपालीको मृत्यु भएको छ । औद्योगिक दुर्घटनामा परी थापाको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परेका थापालाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको दुतावासले जनाएको छ । त्यसबारे थप बिवरण लिने काम भइरहेको पनि दूतावासले जनाएको छ । मंगलबारै एकजना नेपालीले आत्महत्या गरेको पनि दूतावासले बताएको छ । सोलुखुम्बुका राई थरका युवाले कम्पनीको छतबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ। यसबारे पनि बुझ्ने प्रयास भइरहेको दूतावासले जनाएको छ ।

आर्कषक कमाई हुने दक्षिण कोरियामा इपीएसमार्फत रोजगारीका लागि आउने क्रम सुरु भएयता औद्योगिक दुर्घटना, सुतेको अवस्थामा निधन, आत्महत्या र सवारी दुर्घटना लगायत कारणले झण्डै एक सय पचास नेपालीको मृत्यु भइसकेको छ ।

नेपालीको ज्यान जाने क्रम बढेपछि नेपाल सरकारले सत्यतथ्य बुझ्न सरकारी चिकित्सकको टोली यहाँ पठाएको थियो । कोरियाका विभिन्न शहरमा भ्रमण तथा कम्पनीमा पुगेर स्थलगत अवलोकन गरेको टोलीले अझैसम्म रिपोर्ट सार्वजानिक गरेको छैन ।

अन्नपूर्ण पोस्टबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK