कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

ENGLISH

NRN GLOBAL

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

14 December, 2017 | Kunjar Bhattarai | 3905 Views | comments

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमु (गुरुङ) जातिको मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सस्कृति तथा परम्परालाई जगेर्ना गर्ने उद्देश्य सहित तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै पटक पनि च्ह्य-ल्हो (चरा वर्ग) लाई विदाई गर्दै खी-ल्हो (कुकुर वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । यस संस्थाले  ल्होसार लगायत  समायानुकूल विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । 

सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो पटक पनि २०१८ जनवरी ०७ तारिक आइतबारका दिन सउल स्थित सउल मेरिना हलमा  सम्पन्न हुन गईरहेको मूल आयोजक समितिका अध्यक्ष भिम गुरुङले जानकारी दिनुभएको छ । यही २०१७ डिसेम्बर १० तारिक बसेको तमु धीं को  बृहत भेलाले साँस्कृतिक समिति, खानपिन व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरि तमु (गुरुङ) समुदायको महान् पर्व खी-ल्होसार/ल्होछारको तयारी तीव्र पारिएको हो ।

यसपालीको कार्यक्रममा नेपालबाट नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल सबिना गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । “आँधीखोली तिरैमा”, “चरी चिरिबिरी भो” लगायत थुप्रै लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिईसक्नुभएका र गुरुङ सँस्कृतिमा आधारित चलचित्र “क्रमु”(पछ्यौरी) मा नायिकाका भूमिकामा अब्बल अभिनय मार्फत आम दर्शकको मन जित्न सफल साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ गरिसक्नुभएका कलाकार सबिना गुरुङले ल्होसारको माहौललाई रंगीन र संगीतमय बनाउनेमा आयोजकको दावी छ । बहु प्रतिभाशाली कलाकार गुरुङले नेपालका विभिन्न गाउँ, शहरका मेला महोत्सवहरुमा सयौं भन्दा बढि स्टेज कार्यक्रमहरु साथै यस अघि दक्षिण कोरिया, हङ्गकङ्ग, युके, आयरल्याण्ड, बहराइन, कतार तथा जापानमा आफ्नो प्रस्तुति पस्किसक्नुभएको छ । धेरै संस्था एवं आयोजकहरुबाट सम्मान ग्रहण गरिसक्नुभएको छ ।

साथै, उक्त दिन तमु (गुरुङ)को बाजागाजा सहित छैंडु नाच, गुरुङ समुदायको लोपोन्मुख मारुनी नृत्य, स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति र हाँस्य प्रहशन रहने मूल आयोजक समितिका संयोजक गुप्त गुरुङ/हिमान्सु गुरुङले जानकारी दिनुभएको छ । तमु (गुरुङ) हरुको यो रमाईलो वातावरणमा स्वादिष्ट नेपाली अचार, मासु, भुटुवा, सेलरोटी सहित थुप्रै खानाको परिकारको व्यवस्था गरिने खानपान व्यवस्थापन संयोजक जित गुरुङले जानकारी दिनुभएको छ । कार्यक्रमको आर्थिक पाटोलाई चुस्त, दुरुस्त र सफल बनाउन आर्थिक संयोजकको जिम्मा एक गुरुङले लिनुभएको छ । आपसी सद्भाव र बन्धुत्वलाई मझबुत बनाउदै यो कार्यक्रमले संस्थाको इतिहासमा एउटा नौलो आयाम थपिनेमा आयोजक विश्वस्त छ ।

कार्य्रकमलाई थप उत्साहजनक उपस्थिति सहित रोचक र आमन्त्रित अतिथिहरुलाई भरपूर मनोरञ्जन दिनका लागि यो पटक अझै पृथक ढङ्गले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । साथै, कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा-पत्र पठाउने र प्रचार-प्रसार तीव्र पारिएको प्रचार-प्रसार विभाग संयोजक सुरज गुरुङले जानकारी दिनुभएको छ । यसका लागि विभिन्न पोर्टल न्यूज, अनलाइन समाचार, फेसबुक पेज साथै तमु धीं को आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१८ जनवरी ०७ तारिक उपस्थित जनाइ कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन तमु धीं दक्षिण कोरियाले  अनुरोध समेत गरेको छ ।

बेल्जियममा तमु ल्होछार मुल आयोजक समिति गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK