कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा सेवा तथा सुविधा वृद्धि गर्न आग्रह

ENGLISH

NRN GLOBAL

कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा सेवा तथा सुविधा वृद्धि गर्न आग्रह

4 July, 2017 | Sandeep Bhattarai | 755 Views | comments

भेट

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग मंगलबार भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा मङ्गलबार भएको भेटमा नेपाली पक्षले चिकित्सक, इन्जिनियरजस्ता दक्ष जनशक्ति कोरियामा रोजगारीका लागि खुला गर्न, इपिएस प्रणालीमार्फत जाने नेपाली कामदारको दरबन्दी बढाउन, कोरियामा ‘केयर गिभर’ खुलाउन तथा महिला कामदारको माग वृद्धि गर्नेजस्ता विषयलाई प्राथमिकता दिन राजदूतसँग आग्रह गरेको थियो ।

मन्त्री मन्सुरले भन्नुभयो, “नेपालबाट मेडिकल पास भएर गएकाहरु त्यहाँ फेल भएको, कोरियामा कार्यरत नेपाली कामदारको मृत्यु दर र आत्महत्यामा वृद्धिको विषयमा समेत हामीले राजदूतकोे ध्यानाकर्षण गराएका छौँ ।”

सन् २००७मा नेपाल र कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएपछि सो प्रणालीमार्फत हालसम्म ३५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीका सिलसिलामा कोरिया गएका छन् । सन् २०१८का लागि कोरियाले थप १० हजार कामदार लैजाने घोषणा गरेको छ ।

जवाफमा राजदूत सिकले नेपालले उठाएका विषय आफूले गम्भीरतापूर्वक लिएको तथा आफ्नो सरकारसमक्ष ती विषय पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपालले सफलतापूर्वक पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा कोरियाली राजदूतले खुसी व्यक्त गर्नाका साथै नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कोरियामा दश दिनमा पाँच नेपाली कामदारको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK