कोमामा रहेका नेपाली कामदारका परिवार भन्छन्— ‘ल्याएर कहाँ राख्ने ?’

ENGLISH

NRN GLOBAL

कोमामा रहेका नेपाली कामदारका परिवार भन्छन्— ‘ल्याएर कहाँ राख्ने ?’

7 June, 2016 | Sandeep Bhattarai | 770 Views | comments

गोरखाका कालु गुरुङले २०६८ भदौको पहिलो साता काम गरेर फर्केलगत्तै अचानक होस गुमाए । त्यसयताको चार वर्षभन्दा लामो समयदेखि उनी हमाद अस्पतालको सघन उपचार कक्षमा छन् । कालुलाई कतार पठाउने एजेन्ट इमानसिंह गुरुङका अनुसार उनको घरमा श्रीमतीबाहेक केही छैनन् । त्यसैले अस्पतालले फर्काउन खोजे पनि परिवारले नेपाल झिकाएर उनलाई उचित रेखदेख गर्न सक्ने अवस्था छैन ।

koma-2

हमाद अस्पतालको कोमामा रहेका नेपालीहरूका अधिकांश परिवार विपन्न र कमजोर आर्थिक हैसियतका छन् । अस्पतालमा बस्दै आएका गोरखाका हुमबहादुर गुरुङ भन्छन्, ‘लैजान पो कोही तयार छैन । लगे पनि कसले स्याहारोस् ।’ कालुजस्तै अधिकांशका परिवारहरू कोमामा रहेका परिवारका सदस्यलाई नेपाल झिकाउन इच्छुक देखिन्नन् । अधिकांशको भनाइ छ, ‘घरनजिक अस्पताल छैन, सहरका अस्पतालमा महँगो शुल्क तिरेर राख्ने क्षमता छैन ।’ दण्डकाली ८ सुर्खेतका ३८ वर्षीय हरिबहादुर बस्नेत पनि चार वर्षभन्दा लामो समयदेखि कोमामा छन् ।

उनी कोमामै रहेका बेला उनको परिवार बसाइँ सरेर बर्दिया रम्भापुर पुगेको छ । उनकी श्रीमती हिमकुमारीले भनिन्, ‘घरमा कमाउने कोही छैन । जायजेथा बेचेर उपचार गर्ने अवस्था पनि छैन । यस्तो अवस्थामा म कसरी श्रीमान्लाई नेपाल झिकाउँm ?’ बस्नेतलाई काममा लगाउने कम्पनीका एक प्रतिनिधि परिवार उनलाई नेपाल झिकाउन तयार भए केही रकम आर्थिक सहायतास्वरूप दिन तयार छन् । हमाद अस्पताल पनि नि:शुल्क नेपाल पठाउने र एक महिनाको उपचार खर्च बेहोर्न तयार छ । तर, पनि हिमकुमारी पतिलाई नेपाल झिकाउन इच्छुक छैनन् । भन्छिन्, ‘ल्याएर के गर्नु ? कहाँ राख्नु ?’ सरकारले नेपालमा उपचार गरिदिने ग्यारेन्टी दिएमा मात्रै उनी बिरामी बुझ्न सहमत हुने पक्षमा छिन् ।

९ वर्षदेखि कतारमा इलेक्ट्रिसियन काम गरिरहेका कटैया १३ बाराका बुनिलालप्रसाद कुर्मी २०७१ असोज ३ देखि कोमामा छन् । मेडिकल भाषामा उनको डिस्चार्ज भइसकेको छ तर लैजान कोही तयार छैनन् । बुनिलालकी २८ वर्षीया पत्नी शोभादेवी आफ्ना ४, ६ र ७ वर्षीय छोराहरू लिएर दाइ पल्टनप्रसाद कुर्मीको शरणमा छिन् । ‘काठमाडौं र वीरगन्जमा बिरामी राखिदिने अस्पताल खोजिरहेका छौं,’ पल्टनप्रसादले भने, ‘तर, पाउन सकिरहेका छैनौं ।’ बिरामी राख्न अस्पतालले सहमति जनाएको पत्रसहित परिवारको सहमतिपत्र नपठाएसम्म हमाद अस्पतालबाट बिरामी ल्याउन सकिँदैन ।

हरिचौर १ बागलुङका गिरीप्रसाद विक पाँच वर्षभन्दा लामो समयदेखि कोमामा छन् । सडक दुर्घटनामा घाइते भएका गिरीको मुद्दा अदालतबाट छिनोफानो भइसक्यो । दुर्घटना गराउनेले क्षतिपूर्तिको रकमबापत १ सय ६० हजार कतार रियाल कतारस्थित नेपाली दूतावासको खातामा जम्मा गरिसकेका छन् । गिरीलाई नेपाल पठाएपछि मात्रै दूतावासले उक्त रकम पीडित परिवारलाई दिनेछ । बागलुङ सदरमुकामबाट करिब चार घण्टाको मोटरबाटो र दुई घण्टाको पैदल यात्रापछि मात्रै गिरीको घर पुगिन्छ । कृष्णाकुमारी भन्छिन्, ‘मैले कहाँ राख्ने ? कसरी उपचार गर्ने ? क्षतिपूर्ति आएको खबर छ । त्यो पाएमा उहाँको उपचार गर्न राहत पुग्थ्यो ।’

क्षतिपूर्तिको बारेमा परिवारका सदस्यलाई बुझाउन नसक्दा रकम पाउनेहरूले पनि कोमामा रहेका आफन्तहरूलाई नेपाल झिकाउन सहमति दिन सकिरहेका छैनन् । धेरैजसोले भने कमजोर आर्थिक अवस्था र घरमा जान्ने बुझ्ने कोही नभएका कारण परिवारका सदस्यलाई नेपाल झिकाउने विषयमा निर्णय लिन सकिरहेका छैनन् । चार वर्षभन्दा लामो समयदेखि कोमामा रहेका झापा श्रीपुरका श्रीबहादुर नेम्वाङकी बहिनी भावना भन्छिन्, ‘दाइ विदेश भएकै बेला बाआमा बिते । अब दाइलाई ल्याएर कहाँ राख्ने ? कसले सम्हाल्ने ?’

हमाद अस्पतालकै कोमामा रहेका शंख २ रुकुमका मनोज केसीको अवस्था थोरै फरक छ । सडक दुर्घटनामा परी कोमामा पुगेका मनोजले कम्पनीबाट दुई लाख कतारी रियाल पाएका छन् । तर उक्त रकम मनोज नेपाल फर्केपछि मात्रै उपलब्ध गराउने भन्दै दूतावासले राखेको छ । काठमाडौंमा रहेका मनोजका कान्छा बुबा ताराचन्द्र केसी मनोजलाई नेपाल फर्काउने पहलमा लागेका छन् ।

महिनौंको दौडधुपपछि ताराले बिरामीलाई नेपाल ल्याएपछि पाटन अस्पतालले राख्न सकिने बेहोराको कागज तयार पारे । ताराले सुनाए, ‘वैदेशिक रोजगारीसँग सम्बन्धित भएजति सबै सरकारी कार्यालय धाएँ तर कतैबाट सहयोग पाइनँ ।’ हमाद अस्पतालले नेपालको अस्पतालले राख्ने ग्यारेन्टी सहितको पत्र नभई बिरामी पठाउँदैन । केसीले आवश्यक सबै कागजात तयार पारेर कतारस्थित नेपाली दूतावासमा बुझाइसकेको महिना दिन नाघिसक्यो । उनले भने, ‘खै छिटै पठाउँछु भन्छन् तर कहिले पठाउने हो केही थाहा छैन ।’

कान्तिपुरबाट

यो पनि हेर्नुस – नेपाली कोमामा : जिम्मेबारी कस्को ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK