कोपा डेलमा रियल मड्रिडद्वारा सेभिल्ला ३-० ले पराजित (भिडियो)

ENGLISH

SPORTS

कोपा डेलमा रियल मड्रिडद्वारा सेभिल्ला ३-० ले पराजित (भिडियो)

रियल मड्रिडको अपराजित यात्रा कायमै

5 January, 2017 | Sandeep Bhattarai | 785 Views | comments

रियल मड्रिड

कोपा डेल रेको अन्तिम १६को पहिलो लेगमा रियल मड्रिड बिजयी भएको छ । बुधबार राति भएको खेलमा रियलले सेभिल्लालाई ३-० ले पराजित गर्यो । यो जित संगै रियलले आफ्नो हार बिनाको यात्रा ३८ खेलमा पुर्‍याएको छ ।

घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियलले खेलको ११ औ मिनेटमा जेम्स रोड्रिग्वेजको गोलबाट अग्रता लिएको थियो । उनले २० यार्डबाट प्रहर गरेको बलले जाली चुमेको थियो ।।

त्यस्तै खेलको २९ औं मिनेटमा वारानेले गोल गरेपछि रियल मड्रिडको अग्रता २-० रह्यो  । यसै गरि ४३ औं मिनेटमा लुका मोड्रिचलाई मरिनोले डी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै रोड्रिग्वेजले आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गर्दै टोली पहिलो हाफमा ३-० ले अगाडि रह्यो ।

दोस्रो हाफमा भने कुनै टोलीबाट गोल हुन सकेन र खेल रियलले ३-० ले जित्यो ।

भिडियो –

रियल मड्रिडको अपराजित यात्रा कायमै, एल क्लासिको खेल बराबरीमा सकियो (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK