कोपा अमेरिकामा चिली र अर्जेन्टिना बिजयी (भिडियो सहित)

ENGLISH

SPORTS

कोपा अमेरिकामा चिली र अर्जेन्टिना बिजयी (भिडियो सहित)

11 June, 2016 | Sandeep Bhattarai | 525 Views | comments

२० मिनेटमा मेस्सीको ह्याट्रिक, बोलिभिया समूह चरणबाटै बाहिरियो

कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार बिहान भएको खेलमा चिली र अर्जेन्टिना बिजयी भएका छन् । शनिबार विहान भएको खेलमा चिलीले बोलिभियालाई २-१ ले पराजित गरेको छ ।

Chile v Bolivia: Group D - Copa America Centenario

निकै प्रतिस्पर्धात्मक भएको खेलमा चिलीको लागि अटुरो भिडालले खेलको ४१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर खेलको ६१ औं मिनेटमा बोलिभियाका लागि जसमानी काम्पोसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। तर इन्ज्युरी समयमा चिलीको भाग्य चम्कियो बोलिभियाका खेलाडीले डी बक्समा हेन्ड गरेपछि चिलीले पेनाल्टी पायो ।

र, त्यो पेनाल्टीलाई सदुपयोग गर्दै भिडालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गराए । पहिलो खेलमा अर्जेन्टिनासँग हारेको चिली बोलिभियालाई हराएपछि अन्तिम आठमा पुग्ने सम्भावना जीवितै राखेको छ । बोलिभिया भने लगातार दुई हारसँगै प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ।

त्यस्तै आजै भएको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अर्जेन्टिनाका लियोनल मेस्सीको ह्याट्रिकको मद्दतले पानामालाई ५–० गोलको भारी अन्तरले पराजित गर्दै कोपा अमेरिका फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सिकागोमा भएको खेलमा खेलको सातौं मिनेटमा अतामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए ।

३१ औं मिनेटमा पानामा १० खेलाडीमा सिमित भयो । लगातार दोस्रो पहँले कार्ड पाएका गोडोआई रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । पहिलो हाफ १-० मा सकिएपछि दोस्रो हाफमा अर्जेन्टिनाले उत्कृष्ट खेल खेल्यो । बेन्चमा रहेका मेस्सीलाई प्रशिक्षकले खेलाउने निर्णय गरेपछि खेलको ६१ औं मिनेटमा फेर्नान्डेजको स्थानमा मेस्सी मैदान छिरे । मैदान छिरेको ७ मिनेटपछि नै हिगुइनको पासमा मेस्सिले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-० बनाए ।

arg1

पुन: खेलको ८७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । उनले मैदान छिरेको २० मिनेटमा तीन गोल गरेका थिए । त्यस्तै खेलको अन्तिम समयमा सर्जिओ एग्युरोले गोल गरेपछि अर्जेन्टिनाले ५-० को जित आत्मसाथ गर्यो । जितपछि दुई खेलबाट छ अंक जोड्दै अर्जेन्टिना क्वाटर फाइनलमा पुगेको च भने पानामा र चिलीको ३-३ अंक छ । अब क्वाटर फाइनल पुग्ने अर्को टोलीको टुंगो पानामा र चिलीबीच हुने खेलले बताउने छ ।

चिली र बोलिभियाको खेल –

अर्जेन्टिना र पानामाको खेल –

यो पनि हेर्नुस – युरो कपमा आयोजक राष्ट्र फ्रान्सको सुखद सुरुवात (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK