कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

ENGLISH

NRN GLOBAL

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

16 December, 2017 | Sandeep Bhattarai | 1280 Views | comments

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी बीच “कता नेपाली?” शीर्षकको भिडियो प्रतियोगिताको लागि सहकार्य हुने घोषणा भएको छ ।

प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट ३ भिडियोहरुलाई वासिङटन डि.सी. महानगर क्षेत्रमा २०१८ मे १८ देखि २० सम्म आयोजना हुने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।

अहिले कोड फर नेपालले प्रतियोगिताका लागि छोटा भिडियोहरुको आवेदन खुलाइ रहेको छ । सहभागीहरुलाई आफ्नो भिडियो आवेदन दिन कुनै शुल्क तोकिएको छैन । नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोकर्मीहरु सहभागिताको आशा गरिएको छ । भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न सकिनेछ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने भएकोले अंग्रेजी भाषा बाहेकका भिडियोलाई अंग्रेजी सबटाइटल राख्न अनुरोध गरिएको छ ।

भिडियो पठाउनु पर्ने समया अवधि डिसेम्बर ७ – डिसेम्बर ३१, २०१७ तोकिएको छ । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/katanepali मार्फत संकलन गरिनेछ र अन्तिम निर्णय फेब्रुअरी १४, २०१८ मा घोषणा गरिनेछ l भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई २० हजार प्रदान गरिनेछ भने द्वितीय र तृतीय हुनेलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा ‘नेपालीहरु नेपालको भविष्यको बारे कस्तो सपना र सम्भावना देखछन् ?’ भन्ने बिषयमा रचनात्मक छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ ।

” कता नेपाली? ” नामक छोटो भिडियो प्रतियोगिताको आवेदन खुल्ला

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK