‘कोठा छिर्नै नाली सोहोर्नुपर्छ’ – साउदीमा नेपाली कामदार

ENGLISH

NRN GLOBAL

‘कोठा छिर्नै नाली सोहोर्नुपर्छ’ – साउदीमा नेपाली कामदार

10 September, 2017 | Bipin Acharya | 980 Views | comments

साउदी अरबको यन्वुबाट १७ नेपालीलाई खेद्न कम्पनी साहुले के गर्न बाँकी राखेनन् ? पहिला तलब दिएनन् । त्यसपछि खाना बन्द गरे । साहु उपस्थित नभएपछि मुद्दामा सुनुवाइ नहुने भएकाले उनी अदालतमा कहिल्यै गएनन् । त्यति गर्दा पनि नेपालीले क्याम्प नछाडेपछि उनीहरू बस्ने कोठाको बिजुली काटिदिए । नालीमा बग्ने पानी थुनेर कोठामा छिराइदिए । यो सबै यातना झेलिरहेका पीडित नेपाली कामदार नेपाल फिर्ने दिन पर्खेर बसिरहेका छन्, जुन दिन अझै निश्चित छैन ।

उनीहरू सादत अल अमिद कम्पनीमा क्लिनिङको काम गर्थे । उनीहरूलाई कोठाबाट मात्रै लखेट्न सके कम्पनी साहु प्रहरीमा हुरुप (भागेको उजुरी दिएर) लगाएर सबै जिम्मेवारबाट मुक्त हुने दाउमा थिए । त्यसो गर्दा तलब, फर्कन टिकट केही दिनु पर्दैनथ्यो ।

नुवाकोटका श्याम गुरुङका अनुसार साढे ६ महिनाको तलब नदिएपछि स्थानीय श्रम कार्यालयमा गएर कम्पनीमा उजुरी गरेका थिए । ‘अहिले हामी साउदी अरब आएको झन्डै १७ महिना बितिसकेको छ । हामीले ११ महिना कम्पनीमा काम गर्‍यौं ।

काम गरेको ५ महिनाको तलब दियो । बाँकी महिनाको तलब नदिएपछि श्रम कार्यालय गयौं,’ उनले भने, ‘दूतावास पनि गयांै । त्यहाँबाट पार लागेन । श्रम कार्यालयले चारपटकसम्म मालिकलाई बोलाउँदा पनि उपस्थित भएनन् ।’

श्रम कार्यालयले यो मुद्दालाई २ सय २० किमि टाढा मदिना भन्ने ठाउँमा पठाइदिएको छ । ‘हामीसँग खाने पैसा नै नभएका बेला कसरी मदिनामा गएर मुद्दा लड्ने ? मालिक सम्पर्कमा आएन भनेर कति दिनसम्म एउटै कोठामा १७ जना कोचिएर बस्ने ?’ सिन्धुलीका भरत रानाले भने, ‘पहिला त यन्वुबाटै समस्या समाधान हुन्छ भन्ने ठूलो आशा थियो । उसले नै नसक्ने भनेर मदिना पठाइदिएपछि हाम्रो आशा मरेको छ । अब थप मुद्दा लड्न सकिएला जस्तो छैन ।’ मानसिक र शारीरिक रूपमा गल्दै गइसकेका उनीहरू दसैं नजिक आइरहेका बेला नेपाल फर्कन भिसा र टिकट मात्रै पाए पनि फर्कन्छौं भन्न थालेका छन् । ‘हामीलाई तलब चाहिएन । टिकट र पासपोर्ट भए पुग्छ,’ सिरहाका फुलकुमार यादवले भने, ‘कसैको भर पाउन सकिएन ।’

उनीहरूले कामै नगरेको ५ महिना बितिसक्यो । खानाका लागि दैनिक समस्या भइरहेको छ । ‘नालीको पानी सोहर्दै बस्नुपर्छ । यो गर्मीमा बिनाएसी दिन कटाउनुपर्छ,’ खोटाङका भुवन विष्टले भने, ‘दिन काट्नै कठिन छ ।’ उनीहरूलाई पठाउने इमास्को नेपाल, नाइल ओभरसिजले दुई हजार रियाल र नेपाली दूतावासले तीन सय रियाल दिएको थियो । अहिले त्यो पनि सकिइसकेको छ । एक हजार रियाल तलब र खाना पाउने सम्झौता गरेर उनीहरू साउदी पुगेका थिए । साउदीमा कम्पनीले ८ सय रियाल मात्रै दिने सम्झौता गर्‍यो । ‘पछि यो पनि बन्द भयो,’ सुनसरीका रमेशकुमार श्रेष्ठले भने, ‘हामी ढल छिर्ने कोठामा बस्न बाध्य छौं । दूतावासले जस्तो भए पनि यहीं बस्न भनेको छ । त्यो कोठा छोड्नेबित्तिकै मुद्दा कमजोर हुन्छ भनेको छ ।’

यो कम्पनीमा १७ पीडितसहित १ सय ५० बढी नेपालीहरू छन् । उनीहरूलाई विभिन्न स्थानमा छुट्टाछुट्टै काममा लगाएर श्रम शोषण गरिएको छ । ‘ती नेपालीको अवस्था के कस्तो छ, हालसम्म कतैबाट खोजी गरिएको छैन,’ पर्वतका विष्णु लम्सालले भने ।

पीडितलाई उद्धार गर्न समन्वय गरिरहेका नेपाली साझा मञ्च साउदीका अभियन्ता महेश श्रेष्ठले पीडितको अवस्था झन् नाजुक बन्दै गएको बताए । ‘यसलाई वैदेशिक रोजगार विभाग, म्यानपावर र महावाणिज्यदूतले गम्भीर रूपमा लिनुपर्ने देखिन्छ,’ उनले भने, ‘उनीहरू खानै नपाउने अवस्थामा पुगिसके ।’ जेद्दास्थित महावाणिज्यदूत रेवतीरमण पौडेलले पीडितसँग नियमित सम्पर्कमा रहेको बताए । ‘उनीहरूको मुद्दा श्रम अदालतमा चलिरहेको छ,’ उनले भने, ‘उनीहरूलाई न्याय दिलाएर स्वदेश पठाउन कम्पनीसँग निरन्तर प्रयास भइरहेको छ ।’

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK