केपी ओलीले भने छक्का पञ्जा नराम्रो (भिडियो)

ENGLISH

ENTERTAINMENT

केपी ओलीले भने छक्का पञ्जा नराम्रो (भिडियो)

12 September, 2016 | Sandeep Bhattarai | 965 Views | comments

 पूर्व प्रधानमन्त्री

निकै चर्चा र लोकप्रीयता कमाईरहेको चलचित्र छक्का पञ्जा तीन पूर्व प्रधानमन्त्रीले एकैसाथ हेरेका छन् । नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका केपी शर्मा, झलनाथ खनाल र माधव कुमार नेपालले एकैसाथ छक्का पञ्जा हेरेका हुन् ।

चलचित्र हेरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म राम्रो तर छक्का पञ्जा नराम्रो भन्दै ठट्यौली प्रतिक्रिया दिएका छन् । मुन्द्रे, माग्ने, दिपक दिपा भएको फिल्मले नहँसाउने त कुरै भएन, पूर्व प्रधानमन्त्री ओलीले भने नाम छक्का पञ्जा भए पनि फिल्ममा संदेश र मनोरञ्जनको गतिलो संयोजन रहेको भन्दै प्रशंसा गरेका छन् । उनले यसो भन्दा हाँसो गुन्जीएको थियो ।

यस्तै, चलचित्रबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री झलनाथ खनालले फिल्मले संवाद नै पिच्छे हँसाएको प्रतिक्रिया दिएका छन् । उनले भने राम्रैसँग हाँसीयो तर वैदेशीक रोजगारीले ल्याएको सामाजिक समस्यालाई फिल्ममा हेर्दा विक्षिप्त हुन पनि बाध्य गरायो । अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि फिल्मको प्रशंसा गरेका छन् । एमाले केन्द्रिय कमिटिका करिब एक दर्जन नेता छक्का पञ्जा हेर्न एकसाथ सिटी सेन्टर पुगेका थिए ।

यस्तै, हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि पूर्व प्रधानमन्त्रीहरुसँगै बसेर छक्का पञ्जा हेरेका छन् । आफ्नो पथमा रहेका हाँस्य कलाकारले निर्माण गरेका चलचित्रले दर्शकको मन जित्दा आफुलाई निकै खुशी लागेका उनीहरुले बताएका छन् ।

हेर्नुहोस् भिडियो –

यो पनि हेर्नुस – छक्का पञ्जामा देखिए नायक आर्यन सिग्देल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK