केएल टावरमा मोबाइल एक्स्पो सरु

ENGLISH

TECH

केएल टावरमा मोबाइल एक्स्पो सरु

20 June, 2017 | Sandeep Bhattarai | 2180 Views | comments

मोबाइल एक्स्पो

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ ।

मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन सिंहले संयुक्त रुपमा गरेका थिए । २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् ।

नेपालमै पहिलो पटक फरक अवधारणामा असार ५ गतेबाट सञ्चालनमा आएको यो मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । यसैगरी पार्किङको पर्याप्त सुविधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पाइने निर्देशक संगम राईले जानकारी दिए ।

मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ ।

मोबाइल एक्स्पो

टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले मोबाइलकाबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था मिलाइएको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइने दाबी गर्दै प्रबन्ध निर्देशक ग्लाइडरले मोबाइल हबबाट जेन्यून र कम्पनीमार्फत उपलब्ध हुने फोनको मात्र कारोबार गरिने जानकारी दिए । कार्यक्रममा एप्पल वल्र्ड मोबाइल प्रालिमा अबलोकन तथा मोबाइल खरिद गर्न पुगेकाहरु मध्येबाट एक एक जनालाई आइफोन ७ र ७ प्लसको लक्की ड्र खोलीएको थियो ।

मोबाइल अफर: “थ्रीजी स्मार्टफोन ल्याउनुहोस, फोरजी स्मार्टफोन लानुहोस्”

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

वलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंह सम्बन्धका...

आमिरको एक निर्णयले बदलियो यीनको जीवन

मानिस हतारमा निर्णय गर्दछ अनि फुर्सदमा पछुताउँछ । हतारमा...

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया...

श्रीमद् भागवत गीता महापुराण

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

नर्थ क्यारोलिनाको ट्रायड नेप्लिज कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif