कृष्ण बने गैर आवासीय नेपाली तारा, नृत्य तर्फ़ अन्जना बनिन् बिजेता

ENGLISH

NRN GLOBAL

कृष्ण बने गैर आवासीय नेपाली तारा, नृत्य तर्फ़ अन्जना बनिन् बिजेता

4 March, 2016 | Sandeep Bhattarai | 580 Views | comments

गैर आवासीय नेपालीतारा २०१५ कतारको ग्राण्ड फिनालेबाट गायनतर्फ कृष्ण बिसी र नृत्य तर्फ अन्जना तामाङ्ग विजेता बनेका छन । गत शुक्रबार हिलालको रेजेन्सी हलमा सम्पन्न ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको हो । आयोजीत कार्यक्रममा गायक तथा संगीतकार सन्जिब सिंह र कुशल नृत्य निर्देशक र अहिलेको चर्चित सफल नेपाली चलचित्र कबडडी कबडडीकी नायीका रिश्मा गुरुङको सांगीतीक प्रस्तुती रहेको थियो । उनीहरु गैर आवासीय नेपाली ताराको लागी कतार आएका हुन ।

tara

तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सास्कृतिक परिवार कतारको छैठौ प्रस्तुती ‘गैर आवासीय नेपालीतारा २०१५’ को ग्राण्ड फिनाले कार्यक्रमलाई राजन घलेले सभापतित्व गरेका थिए भने एनआरएनएका संरक्षक देवकाजी डंगोलको प्रमुख आथित्यता रहेको थियो । फाईनलका लागी गायन तर्फ सोम थापा मगर, सन्तोष लामा, हिमाल लुङबा, राजकुमार राना, योगेश खड्का, मधु लामा, योगेश राई, कृष्ण बिसी, सुवास बिक र रुबिन बिसी भिड्ने छन् । त्यस्तै नृत्यतर्फ रोहित बिसी, ईन्द्र गुरुङ, मोहनथापा मगर, बद्रीश्रेष्ठ, कमल सुनुवार, चित्र बहादुर पुरी, मिना मगर, अन्जना तामाङ्ग र माईकल चौधरीले प्रतिष्पर्धा गरेका थिए ।

फाईनलमा पुगेको गायनतर्फका १० जना र नृत्य तर्फका ९ जना प्रतिष्पर्धीहरुबाट गैर आवासीय नेपालीतारा २०१५ को विजेता घोषणा भएको हो । निर्णायकको ५० प्रतिशतअंक र कार्यक्रममा उपस्थित दर्शकहरुको भोट बाट ५० प्रतिष्हत अंकबाट गैर आवासीय नेपाली ताराको विजयी घोषणा गरिएको हो । गायन तर्फका विजेता कृष्ण बिसीले रु १ लाख नगद पुरस्कार जितेका छन । उनले स्टेजमा आमालाई सम्झदै ‘यो पुरस्कार मेरो आमाको लागीहो’ भने । त्यस्तै नृत्यतर्फको विजेता अन्जना तामाङ्गले रु ८० हजार नगद पुरस्कार जितिन । उनले भने स्ट्ेजमा पुगेर कुनै शब्द निकाल्न सकिनन् ।

गैरआवासीय नेपालीतारा २०१५ को गायनतर्फ दोश्रो बिजेता मधु लामा र तेश्रो स्थानमा योगेश खड्का विजेता बने । कार्यक्रममा दोश्रो पुरस्कार रु ५० हजार र तेश्रो पुरस्कार रु २५ हजार हस्तान्तरण गरियो । त्यस्तै नृत्य तर्फ दोश्रो स्थानमा मिना मगर र तेश्रो स्थानमा माईकल चौधरी विजेता बने । उनीहरुले क्रमश रु ४० हजार र २० हजार नगद पुरस्कार जित्न सफल बने । कार्यक्रममा विजेताहरुलाई नगद पुरस्कारको साथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

खुसीगुरुङ्ग र तेज गुरुङ्गले सन्चालन गरेको कार्यक्रमलाई कार्यक्रम संयोजक कृष्ण गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए । दिपप्रज्वलन र राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमलाई गायन बिद्याका प्रतिष्पर्धी कलाकार र गायनतर्फको निर्णाक लोकदोहोरी गायीका देबिका केसी र गायक मंगल बिकले सामुहिक स्वदेश गानको प्रस्तुती राखेका थिए ।

कार्यक्रममा गायकहरु नवराज श्रेष्ठ , दामोदर न्यौपाने , बिरेन्द्र श्रेष्ठ , मिलन गुरुङ्ग , गोबिन्द न्यौपाने , विवश याख्या लागयतका कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै लोकदोहोरी गायिका देबिका केसी र गायक मंगल बिकको लोकदोहोरी घम्साघम्सीले दर्शकहरुको मन जित्न सफल बन्यो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK