कृष्ण पुरी कोरियामा सम्मानित

ENGLISH

NRN GLOBAL

कृष्ण पुरी कोरियामा सम्मानित

2 June, 2016 | Sandeep Bhattarai | 1015 Views | comments

विगत चार वर्षदेखि दक्षिण कोरियामा रहेका कृष्ण पुरी त्यहाँको सामाजिक कार्यमा सक्रिय योगदान गरेको भन्दै सम्मानित भएका छन् ।गत आइतबार कोरिया फेन्तेक शहरका नगरप्रमूखले उनलाई एक कार्यक्रमका बीच सम्मान गरेका हुन् ।

Nepali-honoredd-Korea

आइतबार वर्ल्ड पिपुल्स डेको अवसरमा आयोजित एसियन बहुसाँस्कृतिक मेलामा मेयर गोंग जे ग्वांले पुरीलाई सामाजिक सेवामा उदाहरणिय कार्य गरेकोमा सम्मानपत्र र तक्कासहित सम्मान गरेका थिए ।

कास्की जिल्ला हंसपुर घर भई इपिएसअन्तर्गत ४ बर्ष देखी ख्यंङ्गगिदो फेन्तेक शहरमा रहेका पुरी उक्त माइग्रेन्ट वेलफेयर सेन्टरसंग आबद्ध भएर नेपाली समितिको नेतृत्वदायी भूमिका निर्वाह गर्दै कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल रहदै आएका छन् ।

सो क्षेत्रमा एसियन देशहरुबीच माइग्रेन्ट कम्युनिटीहरु एक आपसमा संयोजनमा उनको पहल उल्लेखनीय रहेको छ । माईग्रेन्ट सेन्टरबाटट संचालनमा हुने हरेक गतिविधिमा सहयोग गर्दै सेन्टरको स्तरोन्नति लगाएत सो क्षेत्रमा सामाजिक कार्यक्रमहरुमा नेपाली समितिको उल्लेख्य सहयोग रहदै आएको छ ।
पुरी कास्की परिवार कोरिया तथा हिन्दु जागरण द. कोरियासंग पनि आबद्ध रहँदै त्यहाँ बिशेष योगदान गर्दै आइरहेका छन् ।

फेन्थेक माइग्रेन्ट सेन्टर कोरियाद्वारा नेपालमा बिबिध आपत सरसहयोग साथै आय, सीपमुलक कार्यमा सहयोगार्थ संचालित नेको ह्यापी ड्रिम नामक सस्थालाई कोरियाबाट बार्षिक रु १ लाख बढी सहयोग जुटाइरहेका छन् ।गत बर्ष नेपालमा भूकम्प पीडित सहयोग भन्दै झन्डै ६०लाख वन, कोरिया मा गत बर्ष औद्योगिक दुर्घटनामा परी दायाँ हात गुमाएका स्यांग्जाका राम प्रसाद पाण्डेलाई समितिको पहलबाट ४० लाख वन सहयोग प्रदान गरेर सामाजिक रुपमा अगाडी बढेका हुन् ।

यसै बर्ष देखि कोरियामा आपत पर्दा सहयोगार्थ भनेर १२ लाख वन जम्मा गर्दै फेन्थेक नेपाली आपतकालीन राहत कोष स्थापना पनि उनकै पहलमा सुरुवात गरिएको छ । यसरी नेपाल तथा कोरियामा बिभिन्न सहयोग अभियानमा उल्लेख्य भूमिका निभाएका छन् ।

पुरी कोरियामा आफ्नो काम, सीपबाट अर्थोपार्जनसंगै सामाजिक कुराहरु पनि साथ लिएर जानुपर्ने बताउँछन । अहिले कोरियामा बढ्दो आत्महत्या न्यूनीकरण बिषयलाई दृष्टिगत गर्दै हरेक सामाजिक कार्यमा लागेर ब्यबहारिक रुपमा आफ्नो समयलाई सिकाई र सिर्जनात्मक कार्यमा खर्चेमा हामी नेपाली प्रबाशमा रहेर पनि आफु र देशको शिर उच्च राख्न सकिने बताए बताए ।

यो पनि हेर्नुस – कोरियामा औद्योगीक दुर्घटनामा परेर एक नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK