कुशे गाउँपालिकामा काँग्रेस विजयी

ENGLISH

POLITICS

कुशे गाउँपालिकामा काँग्रेस विजयी

16 May, 2017 | Bhawana Pathak | 670 Views | comments

कुशे गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार हरिचन्द्र बस्नेत दुई हजार ५०८ र उपाध्यक्षमा रामछाया शाही दुई हजार ३७८ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का तत्तबहादुर हमालले दुई हजार ४४ र उपाध्यक्षका गङ्गा आरसीले एक हजार ९८८ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)का जनकराज शर्माले एक हजार ८१५ र अम्बिका बस्नेतले एक हजार ४३१ मत ल्याउनुभएको निर्वाचन कार्यालयले बताएको छ ।
त्यस्तै वडा नं १ मा एमालेका गोपाल नेपाली र वडा नं २ मा एमालेकै जनक शाहीको पूरै समूह विजयी भएका छन् । वडा नं ३ मा भने नेपाली काँगे्रसका टेकबहादुर हमालको समूह विजय भएको छ ।

त्यस्तै वडा नं ४ बाट एमालेका कृतिबहादुर शाहीको पूरै समूह तथा वडा नं ५ मा काँग्रेसका लक्ष्मी सिंहको पूरै समूह विजयी भएको छ । वडा नं ६ मा भने नेकपा(माओवादी केन्द्र)का अमर शाहीको समूह विजयी भएको छ । वडा नं ७ मा काँग्रेसका रामबहादुर शाहीको पूरै समूह तथा वडा नं ८ मा काँग्रेसका अमर रोकायको पूरै समूह विजयी भएका छन् । त्यस्तै वडा नं ९ मा काँग्रेसकै देविका सिंहको समूह विजयी भएको निर्वाचन कार्यालयले बताएको छ ।

माओवादी केन्द्र चार वडामा विजयी

त्रिवेणी नलगाड नगरपालिकाका वडा १, २, ३ र ४ मा नेकपा (माओवादी केन्द्र)का पूरै समूह विजयी भएका छन् । नलगाड– १ मा हिरालाल पुन २९७, वडा नं २ मा रामकुमार गौतम २४५, वडा नं ३ मा प्रचण्ड ओली ३३२ र वडा नं ४ मा लक्ष्मी रावल ३७० मत ल्याई विजयी हुनुभएको हो ।

माओवादी केन्द्रका प्रमुखका उम्मेदवार टेकबहादुर रावलले एक हजार ३५९ र उपप्रमुख उम्मेदवार बालकुमारी बस्नेतले एक हजार १९३, काँग्रेसका प्रमुख उम्मेदवार छवि पन्तले ९७९ र उपप्रमुख उम्मेदवार धनमाया शाहीले ९२४ तथा एमाले प्रमुख उम्मेदवार नवेन्द्र नेपालीले ५९४ र उपप्रमुखका उम्मेदवार सुनिता बोहराले ७३२ मत ल्याउनुभएको छ । अरु वडामा अहिले मतगणना जारी छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK