कुवेतले आममाफी दुई महिना थप्यो

ENGLISH

NRN GLOBAL

कुवेतले आममाफी दुई महिना थप्यो

२ हजार ९ सय ८ जनाले ट्राभल डकुमेन्ट बनाए

21 February, 2018 | Kabiraj Adhikari | 2300 Views | comments

कुवेतले आवासीय कानुन उल्लंघन गरी गैरकानुनीरुपमा बस्दै आएका कामदारलाई बिना सजाय स्वदेश फिर्न दिइएको आममाफीको म्याद दुई महिना थपेको छ ।यसअघि २२ फेवु्रअरीसम्म आममाफीको म्याद तोकिएको थियो ।

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले आममाफीको म्याद अप्रिल २२ सम्म थपिएको बताए । कुवेतले घोषणा गरेको आममाफीमा जरिवाना (गरिमा) तिरेर कुवेतमा बस्न वा बिना जरिवाना स्वदेश फिर्न पाइन्छ ।

राजदुत हमालले आममाफीको फाइदा लिन नेपालीहरु पनि सहभागी भइरहेको बताए । आममाफीको करिब एक महिनाको अवधिमा २ हजार ९ सय ८ जना नेपालीले स्वदेश फिर्नको लागि नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाइसकेका छन् । जसमा ११ सय ४० पुरुष र १७ सय ३१ घरेलु महिला कामदार (हाउसमेड) छन् ।

घरबाट भागेर बाहिर बस्ने क्रममा उनीहरुका साथमा ३७ जना बच्चासमेत छन् । जसमा २० जना बालक र १७ जना बालिका छन् । कुवेतमा गैरकानुनी हैसियतमा रहेका नेपालीको संख्या करीब ४ हजार ५ सय रहेको त्यहाँको सरकारले जनाएको छ । ‘हाम्रो अनुमानमा आममाफीमा सहभागी हुनुपर्ने कामदार अझै छन्,’ राजदूत हमालले भने, ‘बिबिध कारणले स्वदेश जान नपाएका लागि यो अवसर हो ।’

गत जनवरी २४ सम्म भिसाको म्याद सकिएका, यही मितिसम्म कम्पनी वा साहु (स्पोन्सर) छोडेर भागेका भनेर प्रहरीमा उजुरी दिएका कामदारको हकमा मात्रै लागु हुनेछ । ‘आवासीय भिसा नलगाई कुवेतमा बसिरहेका तर निजविरुद्व कुनै मुद्धा नभएको र यात्रा निषेध आदेश जारी नभएका कम्पनी तथा घरमा काम गर्ने नेपाली कामदारको हकमा आफुसँग सक्कल राहदानी भए टिकटको ब्यबस्था गरी सिधै कुवेत बिमानस्थलबाट स्वदेश फिर्न पाउने सुबिधा छ,’ उनले भने । जरिवाना निकै महुंगो पर्ने भएकाले अधिकांश नेपाली स्वदेश फिर्न इच्छुक देखिएका छन् ।

कुवेतमा घरेलु कामदारका रुपमा करीब ३० हजार नेपाली महिला कार्यरत छन् । घर मालिकको शारीरिक, मानसिक यातना र अत्याधीक श्रम शोषणामा परेका हाउसमेडहरु घर (स्पोन्सर) छाडेर भाग्ने गरेका छन् ।

उनीहरुले अन्यत्रै बाहिर कोठा लिई अवैध ढंगले काम गर्दै आएका छन् । त्यसरी भागेर समस्या परेका नेपाली महिलालाई नेपाली समेतको संलग्नतामा अवैध कार्यमा प्रयोग गर्ने गरेको समेत बताउने गरिएको छ । दुतावासले आममाफीलाई अधिकतम सदुपयोग गर्न नेपालीलाई अपिल गरेको छ ।

राहदानी, सिभिल आइडी, नागरिकताको सक्कलसहित वा फोटोकपी लिई आउनेले दूतावासबाट नि:शुल्क ट्राभल डकुमेन्ट बनाइरहेको छ । ट्राभल डकुमेन्टको समय ३ महिनाको समय भएपनि २२ अप्रिल अगाडि स्वदेश फिरिसक्नुपर्ने हमालले बताए । – आजको कान्तिपुर दैनिकमा खबर छ ।

कुवेतमा आममाफी पाउने एक मात्रै नेपाली : सुजेन्द्र थापा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK