कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड

ENGLISH

NRN GLOBAL

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड

20 February, 2017 | Sandeep Bhattarai | 965 Views | comments

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड

कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो। उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्।

कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ। आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो। रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो।

कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ। कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो। तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन्।

‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने, ‘हामी कानुनी सहायताका साथै आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं।’ मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ।

प्रहरीले उनीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरेको थियो। कुवेतमा लागूऔषध सेवन र कारोबारलाई संगीन अपराधको रूपमा लिइन्छ। लागूऔषध कारोबार गरेको पुष्टि भएको भन्दै केही महिनाअघि पनि दुई कुवेतीसहित दुई बंगलादेशी, दुई इजिप्सियन र एक फिलिपिनोलाई फाँसी दिइएको थियो।
हाल कुवेतको जेलमा ९ महिलासहित ६१ नेपाली छन्। यीमध्ये करिब ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन मुद्दामा पक्राउ परेका हुन्। उनीहरूविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ। पक्राउ परेकामा प्रायस् गैरकानुनी हैसियतमा बस्दै आएका नेपाली छन्। पक्राउ परेकामध्ये अधिकांशले आफूलाई थाहा नदिई ‘हल्कारा’का रूपमा प्रयोग गरेर फसाइएको दूतावासबाट भेट्न गएका अधिकारीहरूलाई बताएका छन्।

आजीवन काराबासको सजाय पाएका कार्कीका आफन्तका अनुसार दुई जना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेका बेला उनी पक्राउ परेका थिए। लागूऔषध सेवनकर्ताले निर्दोष छ भन्दासमेत सजनलाई नछोडिएको ती आफन्तले बताए।

कान्तिपुरबाट

कुवेतमा ज्यान गुमाएका नेपालीले पाए पाँच करोड क्षतिपूर्ति

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK