कुवेतमा म्यानपावरले थुनेर राखेकाे हाेस्टेलबाट भाग्न खोज्दा नेपाली महिलाको मृत्यु

ENGLISH

NRN GLOBAL

कुवेतमा म्यानपावरले थुनेर राखेकाे हाेस्टेलबाट भाग्न खोज्दा नेपाली महिलाको मृत्यु

महिना दिनयता ४ महिलाको मृत्यु

9 November, 2017 | Sandeep Bhattarai | 830 Views | comments

मृत्यु

होम कार्की – घरेलु कामदार आपूर्ति गर्ने म्यानपावरले कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु भएको छ ।

उनलाई कुवेतको हवालीस्थित एक भवनमा राखिएको थियो । मानव तस्करले भारतीय बाटो हुँदै १६ अक्टोबरमा शाक्यलाई कुवेत पुर्‍याएको थियो । कुवेत पुगेको १४ दिनमै उनी झ्यालबाट हाम्फालेर भाग्न खोजेकी थिइन् ।

‘प्रहरीले अनिताको मृत्युलाई आत्महत्या भनेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरसँग भने, ‘शव नेपाल पठाउन दूतावासले एजेन्सीसँग पहल गरिरहेको छ ।’

कुवेत जान नेपालले प्रतिबन्ध लगाए पनि तस्करहरूले घुमाउरो बाटो प्रयोग गर्दै आएका छन् । कुवेतको कानुनले घरेलु कामदार आपूर्तिलाई वैध मान्ने भएकाले दूतावासले शाक्यलाई आपूर्ति गर्ने म्यानपावरविरुद्ध कारबाहीको पहल गर्न सकेको छैन । राजदूत हमालका अनुसार झन्डै एक महिनामै चार जना घरेलु कामदार (हाउसमेड) को मृत्यु भइसकेको छ । ‘दूतावासले चाहेर मात्रै कामदारको मृत्यु रोक्न नसकिँदोरहेछ,’ उनले भने, ‘कामदारको बढदो मृत्युदरले हामीलाई चिन्तित बनाएको छ ।’

महिना दिन अवधिमा मृत्यु हुनेमा सुनसरीकी वसन्ती उराव, झापाका अम्बावरी राजवंशी र बहा मर्मुकी छन् । उनीहरूको हृदयाघातले मृत्यु भएको जनाइएको छ । शिवसताषी नगरपालिका, झापाकी २९ वर्षीया बहा मुर्मुको समयमा उपचार नपाएर मृत्यु भएको हो । चार वर्षअघि कुवेत पुगेकी उनी घरबाट भागेर अन्यत्र काम गर्दै आएकी थिइन् । उनी कमजोर अवस्थामा उद्धार निम्ति दूतावास पुगेकी थिइन् ।

दूतावासले उपचारका लागि फर्वानिया अस्पताल भर्ना गरेको थियो । उनको उपचार र घरफिर्तीका लागि गैरआवासीय नेपाली संघ, कुवेतले सहयोग संकलनसमेत गरेको थियो । उपचार क्रममै मृत्यु भएपछि शव नेपाल पठाउन एनआरएनएले आर्थिक सहयोग गर्ने अभियानकी संयोजक सुस्मिता लिम्बूले बताइन् ।

राजदूत हमालका अनुसार सेल्टरमा २८ जना घरेलु कामदार छन् । उनीहरूलाई स्वेदश पठाउने प्रक्रिया चलिरहेको उनले जानकारी दिए । कुवेतमा झन्डै २३ हजार महिला हाउसमेडका रूपमा कार्यरत छन् ।

कान्तिपुरबाट

कुवेत पुगेको १४ दिनमै नेपाली युवतीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK