कुवेतमा नेपाली चेली बलात्कृत

ENGLISH

NRN GLOBAL

कुवेतमा नेपाली चेली बलात्कृत

10 March, 2016 | Sandeep Bhattarai | 625 Views | comments

बैदेशिक रोजगारका लागि कुवेत पुगेकी एक नेपाली चेलीले आफूलाई कम्पनीको म्यानेजरले बलात्कार गरेको भन्दै मंगलबार स्थानीय प्रहरीको कार्यालयमा उजुरी दर्ता गरेकी छिन् ।

rape

चितवनकी ३१ वर्षीय ती महिलाले इजिप्सियन म्योनजरले गत शुक्रबार (फागुन २१) कोठामा लगी बलात्कृत गरेको बताएकी छिन् । कुवेतस्थित नेपाली दूतावासमा न्यायको लागि गएपछि दूतावासको सहयोगमा उजुरी दर्ता गरिएको हो ।

ती युवती तारेक अलघानिम कम्पनीमा कार्यरत थिइन् । पीडितलाई दूतावासले आफ्नो संरक्षणमा राखेको छ । ‘म अस्पतालमा काम गर्थेँ । हामीलाई पठाएको कार्यालय पोशाक छोटो थियो । मैले छोटो भनेपछि एउटा म्यानेजर आयो । त्यसमा म्यानेजर असन्तुष्टी रहेछ । उसले अपिस जानुपर्छ भन्दै आफ्नो कोठामा लिएर लग्यो,’ पीडितले नेपाली दूतावास समक्ष उजुरी दिएकी छिन्, ‘एउटा फ्ल्याटमा लगेर जर्बजस्ती गर्‍यो । डरैडरले मैले केही गर्न सकिन ।’

दूतावासले कम्पनीका अधिकारीलाई बोलाएर यसबारे पीडितलाई न्याय दिनको लागि सहयोग गर्न अनुरोध गरेको छ । ‘हामीले कम्पनीको मानवसंशाधन म्यानेजरलाई बोलाएर यसबारे छलफल गरेका छौं । यस घटनाले पीडित सहित त्यहाँ काम गर्ने नेपालीको रोजगारमा असर नपुगोस भनेका छौं,’ कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने, ‘यसमा कम्पनीबाट सक्दो सहयोग गर्ने बचन दिएको छ ।’

राजदूत हमालले प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताए । त्यस कम्पनीमा नेपाली पुरुष र महिला गरी २ सय जना काम गर्छन् । सुरुमा पीडित युवती उजुरी दिन डराएकी थिइन् ।

साथीभाई र नेपाली समाजिक संस्थाहरुले साथ दिएपछि न्यायको लागि दूतावास पुगेकी हुन् । पीडित आफैं प्रहरी कार्यालय पनि पुगेकी थिइन् । प्रहरीको अनुरोधमा मेडिकल जाँच समेत भइसकेको छ ।

कान्तिपुरबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK