कुलतमा फस्दै किशोरकिशोरी

ENGLISH

कुलतमा फस्दै किशोरकिशोरी

17 January, 2017 | Krishna Adhikari | 855 Views | comments

99999

विद्यालय पढ्ने उमेरका किशोरकिशोरी लागुऔषधको कुलतमा फस्न थालेपछि कञ्चनपुरको झलारीका अभिभावक चिन्तित छन् ।

भारतीय निकटवर्ती बजारमा रहेका औषधि पसल र स्थानीय बजारमा रहेका निजी औषधि पसलबाट १२ वर्षदेखि १६ वर्षमुनिका किशोरकिशोरीले लागुऔषध खरिद गरी प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित भएका हुन् ।

नेपालमा बेच्न प्रतिबन्धित गरिएका लागुऔषधका रुपमा प्रयोग हुने औषधि खुलेआम औषधि पसलमा बिक्री हँुदै आएकाले स्थानीय प्रशासनले कडा निगरानी गरी नियन्त्रण गर्नुपर्ने शिक्षिका धर्मा भण्डारीले बताउनुभयो ।

“किशोर अवस्थाका बालबालिका नशामा लठ्ठ परेका हुन्छन् अभिभावकले समेत चासो नदिँदा समस्या झनै विकराल बन्दै गएको छ” उहाँले भन्नुभयो । अभिभावकले बालबालिकालाई पढ्नका लागि विद्यालय पठाउँछन् । राजनीतिककर्मी लालबहादुर महराले भन्नुभयो, “बालबालिका कुलतमा फसेका कारण विद्यालय बाहिर नशामा डुबेका भेटिदा अभिभावक निकै चिन्तित छन् ।”

बालबालिकालाई कुलतबाट बचाउन अभिभाक सचेत हुनुपर्ने हुन्छ स्वाथ्यकर्मी गङ्गा बस्नेतले भन्नुभयो, “निजी र सामुदायिक दुबै विद्यालयमा लागुऔषधले पु¥याउने हानीबारे विद्यार्थीलाई सचेतनामूलक शिक्षा दिनुआवश्यक रहेको छ ।”

आनीबानी, लवाइखवाइ र सङ्गतले समेत असर गर्ने भएकाले अभिभावकले बालबालिकाको बानी सुधार्नका लागि समेत घरबाटै प्रयास गर्नुपर्ने समाजसेवी दिलबहादुर बुढाले बताउनुभयो ।

लागुऔषधलगायतका अनैतिक कार्य गर्नेलाई प्रहरीले पक्राउ गरे राजनीतिक दबाब दिएर छोड्न बाध्य गराउने परिपाटीले समेत लागुऔषधको प्रयोगमा बढावा मिलेको पूर्व देखतभूली गाविसका अध्यक्ष तनुकलाल चौधरीले बताउनुभयो ।

“अभिभाकले बालबालिका आनीबानी सुधार्ने र लागुऔषध बिक्री गर्ने मेडिकलका सञ्चालकमाथि हँुदैसम्मको कानुनी कारबाही गर्नका लागि सबैले प्रहरीलाई साथ दिए मात्रै लागुऔषधको प्रयोगलाई नियन्त्रण गर्न सकिन्छ” उहाँले भन्नुभयो ।

दुई दिनअघि मात्रै इलाका प्रहरी कार्यालय झलारीमा पुग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रकाश साउद समक्ष समेत लागुऔषधको बढ्दो प्रयोग रोक्नका लागि यहाँका राजनीतिकर्मी, समाजसेवी, वुद्धिजीवी, व्यवसायीले आग्रह गरेका थिए ।

एक साताभित्रै परिवर्तनको अनुभूति हुने गरी लागुऔषध, अवैध मदिरा र देह व्यापार रोक्नका लागि काम गर्न उहाँले इप्रका झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिनुभएको थियो । इप्रका झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले लागुऔषधको अवैध कारोबार गर्ने र सेवन गर्नेको पहिचान गर्ने कार्य अगाडि बढाएको बताउनुभयो ।

लागुऔषधको प्रयोग गर्ने बालबालिकाको सङ्ख्या झलारीमा मात्रै तीसभन्दा बढिरहेको बताइएको छ । घरबाट लागुऔषध प्रयोग गर्न पैसा नपाइदा धेरै जनाले चोरी गरेर पनि पैसा जुटाउने गरेको स्थानीयवासीको भनाइ रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK