कुबेतबाट लगिएका हाउसमेडहरु साउदीमा अलपत्र

ENGLISH

NRN GLOBAL

कुबेतबाट लगिएका हाउसमेडहरु साउदीमा अलपत्र

25 March, 2016 | Sandeep Bhattarai | 525 Views | comments

७ महिलाको उद्धार

womenमानव तस्करहरुको सञ्जालले भारतीय बाटोबाट कुबेत हुदै साउदी अरब ल्याइपुर्‍याएका नेपाली घरेलु कामदार (हाउसमेड)लाई स्थानीय मालिकले गैरकानुनी रुपमा राख्ने गरेका छन् ।

कुबेतबाट साउदी ल्याएपछि पुन भिसा नविकरण कुबेतमै नलगी साउदीमै गैरकानुनी हैसियत बनाएर काममा लगाउने गरेको हो । साउदीस्थित नेपाली दुतावासका अनुसार साउदीका स्पोन्सरले कुवेतबाट तीन महिने भिजिट भिसामा ल्याई गैरकानुनी रुपमा राख्नेको संख्या बढ्न थालेको छ ।

‘बिभिन्न दलालको माध्यमबाट कुबेतमा हाउसमेड ल्याउछन् । उनीहरुलाई तीन महिना भिजिट भिसामा ल्याँउछन् । भिसा अबधी सकेपछि कुबेत नफर्काई साउदीमै गैरकानुनी हैसियत बनाएर काममा लगाउने गरेको उजुरीहरु परिरहेको छ’, साउदीस्थित नेपाली कार्यबाहक राजदुत आनन्दराज शर्माले कान्तिपुरलाई भने,’त्यस्ता महिलालाई उद्धार गरेर पठाउन निकै कठिनाई हुने गरेको छ ।’

त्यसरी गैरकानुनी बनाएर राखेको महिलालाई स्वदेश पठाउनु परेमा स्पोन्सरले १५ हजार रियाल -करिब चार लाख ५० हजार रुपैया) सरकारी निकायमा जरिवाना बुझाउनुपर्नेछ । पछिल्लो समयमा दुताबासमा गैरकानुनी हैसियतमा राखेको ९ जना महिलाहरु दुताबासको शरणमा आएका थिए । ‘७ जनालाई स्थानीय अध्यागमन अधिकारीसँग छलफल गरी चैत ४ गते उद्धार गरी स्वदेश पठाउन सफल भयौं’, उनले भने,’बाँकी दुई जना प्रक्रियामा छन् ।’ ती महिलाहरु ६ महिनाअघि दुताबासको सेल्टरमा पुगेका थिए ।

दलालहरुले डाँडाबारी-३ झापाकी रीतादेवी मगर (२०१४), खर्वाङ-७ बागलुङकी झवी राना -४ नोभेम्बर २०१३) गुलरिया-७ बर्दियाकी मीना विक (२६ जुन २०१४), बाबियाबिर्ता-७ मोरङकी मायादेवी राजधामी, ओखरकोट-९ प्यूठानकी जमुना रोका (१६ मे २०१५), त्रिवेणी-२ नवलपरासीकी पार्वती थापा (१ सेप्टेम्बर २०१३) र बेथान-५ रामेछापकी जानकी लामालाई (११ सेप्टेम्बर २०१५)मा कुबेतबाट साउदी पठाएका थिए ।

रीतादेबि नेपालबाट गोरर्खाका हरि ठकुरी र आशा रिजाल कुबेतमा पठाएको थियो भने कुबेतबाट साउदीमा गीता मगरले पठाएको हो । रानालाई भिनाजु पर्ने बाग्लुङ छम बिकले पठाएको हो । मिनालाई नेपालबाट बाँकेका सुनिल खड्काले पठाएको हो भने कुबेतबाट सुनिता राईले साउदी पठाएको हो ।

त्यस्तै मायादेबी राजधामीलाई नेपालबाट उजेली लिम्बु, कुबेतबाट अल्सना अपिसले पठाएको हो । जमुना रोक्कालाई प्युठानका मर्सला बिक र केशबले कुबेत पठाएको थियो भने कुबेतबाट मिना भन्नेले पठाएको हो । पार्बती थापालाई नवलपरासीकी माया श्रेष्ठले कुबेत पठाएको थियो भने अमृता श्रेष्ठले साउदी पठाएको हो । जानकीलाई राजु तामाङले पठाएको थियो भने कुबेतबाट मिना तामाङले पठाएको हो । ‘आफुहरुलाई किनेर ल्याएको भन्दा नपठाएन’, पीडितले भनेका छन्,’घरभित्र पनि धेरै हिन्सा भयो ।’

बैधानिक तवरबाट घरेलु कामदार आउनेक्रम रोकिएपछि उनीहरु थप तस्कारीको शिकार पर्न थालेको छ । दुताबासका अनुसार साउदीमै ल्याएका अरु १० जना हाउसमेड फिर्ती केन्द्रमा घर जाने प्रतिक्षामा बसिरहेका थिए ।

कान्तिपुर दैनिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK