कुकुरको सामूहिक आक्रमणले गम्भीर घाइते भईन नायिका

ENGLISH

ENTERTAINMENT

कुकुरको सामूहिक आक्रमणले गम्भीर घाइते भईन नायिका

26 January, 2017 | Bhawana Pathak | 745 Views | comments

साउथ इन्डिया फिल्मकी निकै चर्चित नायिका पारुल यादवलाई गहिरो चोटका कारण भारतको अन्धेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।

kukur-nayika

बुधबार अंधेरीस्थित उनको निवास नजिकै चार पाँचवटा कुकुरले अचानक उनीमाथि आक्रमण गरे । सोमबार बेलुकी ५ः३० बजेतिर आफ्नो घरपालुवा कुकुरलाई बाहिर घुमाउन लगेका बेला भुस्याहा कुकुरको आक्रमणबाट आफ्नो कुकुरलाई बचाउने क्रममा ती कुकुरहरुले उनमाथि नै जाइलागेको बताइएको छ ।

कुकुरले टोकेका कारण पारुलको शरिरको विभिन्न भागमा निकै गहिरो चोट लागेको छ । उनको टाउको, हात, अनुहार र घाँटीमा अत्यधिक चोट लागेको छ । जसका कारण उनलाई तुरुन्त अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरियो ।

उनको घाउमा मलमपट्टी लगाउनुका साथै रेबिजका लागि आवश्यक उपचार अगाडि बढाइएको छ । घाउ गहिरो भएकाले सम्भवतः उनको शल्यक्रिया भोली हुने सम्भावना छ । यद्यपी, पारुलको स्थिती खतराभन्दा बाहिर भएको र डाक्टरको विशेष टोलीले उनीको उपचारमा संलग्न छन् ।बैंगलुरुमा बस्ने पारुल यादव कन्नड, मयालम र थुप्रै तमिल फिल्ममा काम गरिसकेकी छिन् । उनले मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK