किर्तेमा फसेका ७ नेपालीको उद्धार

ENGLISH

NRN GLOBAL

किर्तेमा फसेका ७ नेपालीको उद्धार

11 April, 2018 | Kabi Adhikari | 2035 Views | comments

कम्पनीको छलमा परेर फस्न पुगेका ७ नेपाली कामदारलाई कतार सरकारले विशेष निर्णय गरी नेपाल पठाएको छ । स्वीस इन्जिनियरिङ फर कन्स्ट्रक्टर कम्पनीले यात्रामा प्रतिबन्ध लगाई ७ नेपालीविरुद्ध क्रिमिनल अदालतमा मुद्दा दायर गरेको थियो ।

katar

कतारस्थित नेपाली दूतावासका अनुसार कतारको गृह मन्त्रालयले अदालतको फैसला आउनुअघि नै विशेष निर्णय गरी नेपाल पठाएको हो । दूतावासका अनुसार जीतबहादुर विक, हरिकुमार थापा, श्याम केवट, गिरीराज पंगेनी, श्यामलाल राना, रामकृष्ण गुरुङ र कृष्णबहादुर दर्जीलाई नेपाल पठाइएको हो ।

कम्पनीले उनीहरूसँग ६३ हजार रियाल (१८ लाख ९० हजार रुपैयाँ) माग गरी अदालतमा मुद्दा दायर गर्नुका साथै कम्पनी छाडेर हिँडेको (भागेको) भन्दै खोज तथा अनुसन्धान विभागमा उजुरी हालेको थियो।

‘हरेक कामदारलाई १५ दिनको ओभरटाइमको हिसाब मिलाउँछु भन्दै कम्पनीले खाली कागजमा हस्ताक्षर गराएछ । सीधासोझा नेपालीले भनेबमोजिम खाली कागजमा हस्ताक्षर गरे,’ श्रम सहचारी नरेन्द्र ज्ञवालीले भने, ‘कम्पनीबाट उनीहरूले तीन महिनाको तलब पाएका थिएनन् । तलब नदिएपछि नेपाल पठाउन उनीहरूले दबाब दिएपछि कम्पनीले खाली कागजमा गरेको हस्ताक्षरको दुरुपयोग गरेको हो ।’

कम्पनीबाट अन्यायपूर्ण व्यवहार भएपछि नेपाली दूतावासले खोज तथा अनुसन्धान विभागसमक्ष नेपाली कामदारको जिम्मा लगाएको थियो । ती कामदारलाई विभागले घर फिर्ती केन्द्रमा झन्डै दुई महिना राखेर नेपाल पठाएको हो ।

पीडित नेपाली कामदारले आफूहरूले अनावश्यक रूपमा सास्ती पाएको बताए । ‘हामीले ठूलो मानसिक तनाव भोग्नुपर्‍यो । परिवारमा चिन्ता थपियो,’ जीतबहादुर विकले भने, ‘अदालतको फैसला पर्खेर बस्नुपरेन । यसमै हामी खुसी छौं ।’ दूतावासले स्वीस कम्पनीलाई नेपाली कामदार नपठाउन श्रम मन्त्रालयलाई अनुरोध गरेको छ । – कान्तिपुरबाट ।

एनआरएनए एनसीसी कतारको महासचिब पदमा शर्माको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत...

बङ्गबन्धु

बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु...

मलेसिया

मलेसियामा धरपकड: ‘गैरकानुनी’ कामदार धमाधम समातिँदै

मलेसियाले पछिल्लो समय गैरकानुनी आप्रवासी कामदारहरूलाई लक्षित गर्दै धमाधम...

भारत

एसिया कप : पाकिस्तानलाई पराजित गर्दै भारत फाइनलमा

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ भने...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK