किर्तिमान बनाएको खेलमा रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा (भिडियो)

ENGLISH

SPORTS

किर्तिमान बनाएको खेलमा रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा (भिडियो)

स्पेनिस फुटबल इतिहासमा रियल मड्रिडको नयाँ किर्तिमान

13 January, 2017 | Sandeep Bhattarai | 1190 Views | comments

रियल मड्रिड

बिहिबार राति भएको खेलमा स्पेनिस फुटबल इतिहासमा रियल मड्रिडले नयाँ किर्तिमान बनाएको छ । रियलले कोपा डेल रेको दोस्रो लेगमा सेभिल्लासँग ३-३ को बराबरी खेलेसंगै उसले अपराजित खेल संख्या ४० पुर्याएको छ ।

पहिलो लेगमा रियलले सेभिल्लालाई ३–० ले पराजित गरेको थियो । हिजोको बराबरीपछि रियल समग्रमा ६-३ को जित निकाल्दै कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि बार्सिलोनाले बनाएको लगातार ३९ खेलमा अपराजित रहेको कीर्तिमानलाई रियलले तोडेको हो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउदै रियलले जित आत्मसाथ गरेको थियो । डानिलोको आत्मघाती गोलमा सेभिल्लाले ९ औं मिनेटमा अग्रता लिएको थियो ।

खेलको ४८ औं मिनेटमा मार्को एसेन्सियोले बराबरी गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । रियलले गरेको बराबरी गोल लामो समय टिक्न सकेन । सेभिल्लाले लागि स्टेभन जोभेटिकले ५४ औं मिनेटमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । पुन: ७७ औं मिनेटमा भिसेन्टे इबोराले सेभिल्लाको लागि अर्को गोल गर्दा रियल ३-१ ले पछि परेको थियो ।

तर रियलले पेनाल्टी पायो र उक्त पेनाल्टीलाई ८३ औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल फर्काएपछि रियल खेलमा फर्केको थियो । बेन्जिमाले ९० औं मिनेटमा गोल गरेपछि टोलीले खेलमा बराबरीमात्र गरेन स्पेनिस फुटबलमा नयाँ इतिहास पनि रच्यो ।

भिडियो –

एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK