किरात याक्थुङ चुम्लुङ हङकङको “याक्थुङ स्वर्णिम साँझ ४” सम्पन्न (फोटो फिचर)

ENGLISH

NRN GLOBAL

किरात याक्थुङ चुम्लुङ हङकङको “याक्थुङ स्वर्णिम साँझ ४” सम्पन्न (फोटो फिचर)

आम्भु जेठा, हङकङ

3 July, 2017 | Sandeep Bhattarai | 1215 Views | comments

हङकङ

किरात याक्थुङ चुम्लुङ हङकङले सम्पन्न गरेको “याक्थुङ स्वर्णिम साँझ ४” का कलाकारहरुले आधा दर्जन सांगीतिक साँझ सम्पन्न गरि नेपाल फर्किएका छन ।

२५ जुन, आइतबार याउमातेइ कम्यूनिटी हलमा सम्पन्न “चौथो स्वर्णिम साँझ”मा कलाकारहरु ब्रबिन शेर्मा, जसोदा शुब्बा (श्रेङ), यादन शेर्मा, जय प्रकाश (जे पी) नेम्बाङ, मदन चोङबाङ, रोसनी लिम्बु र २०१४ को मिस वल्र्ड नेपाल सुविन लिम्बु नेपालबाट आएका थिए ।

लिम्बू कला सस्कृती तथा गीत संगितमा संघर्ष गरिरहेका प्रतिभाहरुलाई प्लेटफर्म सहित थप उर्जा मिलोस भन्ने उदेश्यले हङकङमा याक्थुङ स्वर्णिम साँझ गर्दै आएको किरात याक्थङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवाले बताए ।

हङकङ

उक्त स्वर्णिम साँझमा हङकङका लिम्बु कलाकारहरुको सस्थाहरु ‘याक्थुङ स्वर समूह, याक्थुङ आर्टिस्ट सोसाइटी, साम्याङ्फुङ समूह र केः लाङ समुह’का कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए ।“चौथो स्वर्णिम साँझ” सम्पन्न पछि नेपालबाट आएका कलकारहरुको एकल साँझ र विदाइ कार्यक्रम भब्यता साथ विभिन्न स्थान र मितिमा भएको थियो ।

“ब्रबिम शेर्मा एकल साँझ”
पापोहाङ लाओती सयङ हङकङको आयोजनामा “ब्रबिम शेर्मा एकल साँझ” याक एण्ड येतीको हलमा सम्पन्न भएको थियो । बुधवार २७ जुनमा सम्पन्न साँझमा उनले आफ्नो सर्वाधिक चर्चामा रहेका “नुरिकाङ वये मिम्जीमे” “नानाना हङकङ नाना” “पालाम पाते” “आल्ल इङगा साम्लोआ खेप्सेम्ना” लगायत डेढ दर्जन जति गीत गाएर दर्शकहरुलाई नचाएका थिए ।

हङकङ

पाँचथरको कुम्मायक गाउपालिका २ साविक माङ्जाबुङ पुर्ख्यौली घर भई हाल राजधानी वस्दै आएको ब्रबिम शेर्माले करिब डेढ दशक देखि लिम्बू गित संगितमा संघर्ष गर्दै आइरहेका छन । किरात धार्मिक आस्था राख्ने शेर्माको लिम्बु मुन्धुमी गीत संगित क्षेत्रमा ठुलै छलाङ मार्दै आइरहेको छ । हाल आएर उनको नेपाली लोकआधुनिक गितले पनि तेत्तिकै छलाङ मार्दै अगाडी बढ्दै छ ।

मुन्धुमी गायक भनेर चिनिने शेर्माले पहिलो पटक हङकङ आएर “चौथो स्वर्णिम साँझ”मा २ वटा मात्र गीत गाउन पाए पनि विभिन्न साँगितिक कार्यक्रमहरुबाट सर्वाधिक चर्चा बटुलेर नेपाल फर्किए ।

गीत–भजन साँझ
कलाकार ब्रबिम शेर्मा, यादन शेर्मा र जे पी नेम्बाङको विशेष प्रस्तुति रहने गरि “गीत–भजन साँझ”को आयोजना नेम्बाङ समाज, फाक्तेप समाज र किरात धर्म तथा साहित्य उत्थान संघ हङकङकले चुम्लुङ हिममा गरेको थियो ।

हङकङ

विहिवार २८ जुन साँझ सम्पन्न उक्त साँझमा मनमोहक भजन र दर्शकलाइ उचाल्ने, नचाउने विभिन्न गीतहरु गाएर भरपुर मनोरञ्जन दिलाएका थिए । उनिहरु संगै आएका जसोदा सुब्बा, मदन चोङबाङले पनि आ–आफ्नो प्रस्तुतीले दर्शकलाई नचाउन भ्याएका थिए ।
किरात धर्म तथा साहित्य उत्थान संघ हङकङकले कलाकारहरुलाई एतिहासिक भ्रमण गराएका थिए भने आफ्नै माङहिममा सम्मान तथा विदाइ कार्यक्रमको आयोजना गरेको थियो ।

हङकङ

जसोदा सुब्बा श्रेङ चोङबाङ
ताप्लेजुङ समाज हङकङको आयोजनामा “जसोदा सुब्बा सांगितिक साँझ” ३० जुन, सुक्रबार सम्पन्न भएको थियो । सांगितिक साँझमा उनको सर्वाधिक चर्चामा रहेका “बबाल होला जस्तो छ” “धरान सुनसरी” लगायत दर्जन जति गीत गाएर दर्शक श्रोताहरुलाई नचाएका थिए ।

हङकङ

ताप्लेजुङ सान्थाक्रा हाल मिरिङदेन गाउपालिका २ पुर्ख्यौली घर भइ धरान बाट सांगीतिक करियर सुरु गरेकी जसोदा श्रेङ चोङबाङ भर्षटाईल गायिका हुन । लिम्बु भाषाका गीत तथा लोकआधुनिक, पप, र फिल्मी गीत समेत प्रसस्त गाएर चर्चाका शिखर चुम्दै गरेकी गायिका जसोदाले हङकङमा चौथो स्वर्णिम साँझमा सामुहिक र एकल २ वटा गाउने अवसर पाएकी थिइन ।

यादन शेर्मा र जे पी नेम्बाङ
चौथो स्वर्णिम साँझ सम्पन्न गर्नको लागि आएका ख्याति प्राप्त कलाकार यादन शेर्मा र जे पि जयप्रकाश नेम्बाङ पहिलो पटक हङकङ आएका हुन । उनिहरुले स्वर्णिम साँझमा २–२ वटा गीत गाउने अवसर पाएका थिए । त्यसपछि “ब्रबिम शेर्मा एकल साँझ”, गीत–भजन साँझ, “जसोदा सुब्बा सांगितिक साँझ”मा उनिहरुले बेजोड प्रस्तुति दिएका थिए ।

हङकङ

कुम्मायक गाउपालिका २ साविक माङ्जाबुङ पान्थर स्थायी निवासी यादन करिब डेढ दशक देखि लिम्बू गित संगितमा अहोरात्र लागि परेका कलाकार हुन । संगित बिषयमा नै अध्यायन गरिरहेका उनका चर्चित माङ्सेवा साम्लो किरात समुदायले सर्वाधिक मन पराउछन । उनले लिम्बू गित संगितको अलावा नेपाली लोकाधुनिक गित र गजल पनि उत्तिकै गाएका छन । हाल उनले सामुहिक रुपमा सिमिक्लुङ दर्पण नामक युट्युब च्यानल पनि चलाउदै आको छ ।

त्यस्तै, झापा निवासी जे पि नेम्बाङ एक दशक देखि लिम्बू गित सांगितमा अहोरात्र लागि परेका छन् । उनको लिम्बू भाषाका गीति एल्बम तथा भिडियोहरु प्रसस्तै पाईन्छ । उनी फिल्म लगायत स्टेजका कुसल गायक पनि हुन् ।
नेम्बाङ सयङ हङकङले गायक जे पि नेम्बाङलाई युनलङमा छुट्टै कार्यक्रमको आयोजना गरी भेटघाट तथा सम्मान गरेका थिए ।

मदन चोङ्बाङ र रोशनी लिम्बूको प्रस्तुति
पुराना पुस्ताका चर्चित गायक मदन चोङ्बाङ तेह्रथुम जिल्ला निवासी हुन । उनी गायक मात्र नभई युवा अभियन्ता, राजनिती, साहित्य र गायन लाई एकसाथ अगाडि बढाई रहेका चोङ्बाङका चर्चित गितहरु धेरै छन । हङकङमा उनले चौथो स्वर्णिम साँझमा सामुहिक १ र आफ्नो एकल १ गीत मात्र गाउने अबसर पाए । उनको एकल साँझ समेत सम्पन्न भएको थियो ।

हङकङ

तेह्रथुम पुर्ख्यौली घर, धरान हुँदै हाल काठमाण्डौमा अध्यानरत १० बर्षीय रोशनी लिम्बू सिङगक २०१४ को स्कुल डान्स च्याम्पियन हुन । रोशनीले अध्ययन संग संगै उनी चर्चित नृत्य निर्देशक संग नृत्य प्रशिक्षण लिदै बिध्यालय स्तरिय नृत्य कार्यक्रमहरुमा सहभागी हुँदै आइरहेकी बहु प्रतिभाको धनी छिन । चौथो स्वर्णिम साँझमा आकर्षक नृत्य गरि नेपाल फकिएका थिए ।

मिस वर्ल्ड नेपाल–२०१४ सुबिन लिम्बु
चौथो स्वर्णिम साँझमा अर्का आकर्षक मानिएकी मिस वर्ल्ड नेपाल–२०१४ सुबिन लिम्बुको खास भूमिका थिएन । स्वर्णिम साँझमा मात्र देखिएकी सुबिन लिम्बुको अन्य कुनै पनि कार्यक्रममा उपस्थित नभए पनि अन्य कलकारहरुकै सम्मानमा उनको नाममा “ब्रबिम शेर्मा एकल साँझ”, गीत–भजन साँझ, “जसोदा सुब्बा सांगितिक साँझमा सम्मान–पत्र लगायत विभिन्न सम्मानहरुले सम्मानित गरेको थियो ।

हङकङमा नेपथ्यकाे बाह्र बजे हावा सरर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK