किराँत राई यायोक्खा युकेको बार्षिक साधारणसभा सम्पन्न

ENGLISH

NRN GLOBAL

किराँत राई यायोक्खा युकेको बार्षिक साधारणसभा सम्पन्न

13 September, 2017 | Bipin Acharya | 670 Views | comments

किराँत राई यायोक्खा युकेको बार्षिक साधारण सभाले मेजर भुपजित राईको सम्योजकत्वमा नयाँ माङ्खिम कार्यसमिति चयन गरेको छ ।

‘अनेकतामा एकता हाम्रो निशान, धेरै भाष किराँत राईहरुको पहिचान’ भन्ने नारासहित किराया युकेका अध्यक्ष पदमबहादुर राई बिईएमको अध्यक्षतामा आइतबार किराँत हाउस गेम्बल लेनमा सभा सम्पन्न भएको हो ।

किराँत राई यायोक्खा युकेको बार्षिक प्रतिबेदन महासचिव जितेन्द्र साम्पाङले प्रस्तुत गरेपश्चात बिभिन्न बिषयमा छलफल भएको थियो ।

निम्न विषयमा छलफल केन्द्रीत

बार्षिक प्रतिबेदनमा किराँत राई यायोक्खा बेलायतको सांगठानिक संरचनाको अवस्था, प्रारम्भिक कार्य समिति बिस्तार, किराया युकेमा आबद्ध भाषिक तथा थरगत संस्था, सदस्यता, बेलायतमा यलम्बर स्मृती दिवस २०१७, स्रष्टाहरुको सम्मान, बेलायतमा किरातहरुको अस्तित्व, आर्थीक सहयोग, माङ्खिम तथा साकेला स्थल अन्तर्गत माङ्खिम घर निर्माण गरी सामूहिक चुला घरको निर्माण गरी जन्म देखी मृत्यु सम्मका बिधी बिधान गर्न सहज बनाउने, पाँच देखी नौ सय अटाउने मंच सहितको सभा कक्षसहित किराया युके कार्यलय स्थापना गर्नेलगायतका बिषयमा छलफल केन्द्रित रह्यो ।

किराँत राई माङ्खिम स्थल खरिदका लागी महत्वपूर्ण भूमिका निभाउँदै सफलता पूर्वक माङ्खिम स्थल खरिद गरेर युकेवासी नेपालीलाई आफ्नो भूमी सुम्पन सफल माङ्खिम कार्य समितीलाई औपचारिक रुपमा धन्यवादसहित कार्यसमिति भंग गर्दै नयाँ कार्यसमिती निर्माणका लागी अध्यक्ष पदम बहादुर राईले घोषणा गरे । र नयाँ कार्य समिती चयन प्रकृया शुरु भयो ।

-रिटायर्ड मेजर भुपजित राईको संयोजकत्वमा नयाँ माङ्खिम कार्य समिति निर्माण भएको छ ।

-उपसंयोजकहरु छेत्राकला राई, पपि राज राई र ध्रुब राई, कोषाध्यक्ष, मान बा. राई, सचिवसहित सदस्य र अन्य पदहरु पछि विस्तार हुने बताइएको छ ।

-हाल युके भ्रमणमा रहेका केही पत्रकार पनि यायोक्खा युकेको सभामा उपस्थित भएर किराँत भुमीको अवलोकन भ्रमण गरेका थिए ।

-अतिथिलाई किराँत राई युकेका अध्यक्ष पदम बहादुर राई, सल्लाहाकार रत्न राई, चण्डिका राई लगायतले स्वागत गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK