किन दंग परे रणवीर कपुर मनीषा कोइरालालाई भेटेर ?

ENGLISH

ENTERTAINMENT

किन दंग परे रणवीर कपुर मनीषा कोइरालालाई भेटेर ?

15 July, 2017 | Bipin Acharya | 620 Views | comments

बलिउडमा लामो अन्तरालपछि ‘कमब्याक’ गरेकी मनीषा कोइरालाको हालै ‘डियर माया’ रिलिज भयो, जसलाई फिल्म समीक्षकहरूले खुबै मन पराए।

उनै मनीषाको ‘कमब्याक’ पछिको दोस्रो फिल्म ‘सञ्जय दत्त–बायोपिक’ सुटिङको अन्तिम चरणमा पुगेको छ। मनीषाले यो फिल्मको निम्ति आफ्नो हिस्साको सुटिङ पूरा गरिसकेकी छन्।

सञ्जय दत्तको जीवनकथामा आधारित यो फिल्ममा रणवीर कपुरले सञ्जयको भूमिका निर्वाह गरेका छन् भने मनीषा उनकी आमा नरगिसको भूमिकामा देखिने छिन्।

मनीषासँग पहिलोपटक पर्दामा देखिन लागेका रणवीरले उनको अभिनयबाट आफू पहिलेदेखि नै प्रभावित रहँदै आएको प्रतिक्रिया दिएका छन्। ‘म उनको पहिलेदेखि नै फ्यान थिएँ। उनको फिल्म र त्यसमा उनले गरेको अभिनयले मलाई सधैं अचम्भित पार्ने गर्थ्यो,’ रणवीरले एसिएन एजसँग भनेका छन्।

उनले ‘खामोशी– द म्युजिकल’ लाई मनीषाको उत्कृष्ट फिल्म बताएका छन्। सञ्जय लीला भन्साली निर्देशित तथा नाना पाटेकर, सलमान खान र सीमा विश्वास अभिनीत यो फिल्ममा मनीषाले बोल्न र सुन्न नसक्ने बाबुआमाकी एक्ली छोरीको भूमिका गरेकी थिइन्, जो गीत–संगीतमा रुचि राख्छिन्।

सानैम त्यो फिल्म हेर्दा आफू मनीषाको अभिनयबाट प्रभावित रहेको उल्लेख गर्दै रणवीरले अहिले उनैसँग काम गर्न पाउनुले आफूलाई खुसी तुल्याएको बताएका छन्।

‘पहिलोपटक सुटिङको सेटमा आएदेखि नै मनीषाले एउटा अभूतपूर्व ऊर्जा बोकेर आएकी थिइन्, जसले हामी सबैलाई काम गर्न प्रेरित गर्यो,’ रणवीरले भनेका छन्, ‘पहिलो दिन नै उनी आएर मसँग कुरा गरिन्। मेरो फिल्म हेरेको र मेरो काम मन पराउने गरेको उनले प्रतिक्रिया दिइन्।’

आफूले सम्मान गर्दै आएको कलाकारले आफ्नो फिल्म हेरेको र कामको प्रशंसा गरेकोमा रणवीर दंग छन्।

मनीषा वरिष्ठ र अनुभवी कलाकार भएर पनि सेटमा उनको प्रस्तुति र हाउभाउ सामान्य रहेको रणवीरले सम्झे। ‘सेटमा आउँदा उनले कहिल्यै आफू सिनियर कलाकार हुँ भन्ने भान पारेनन्,’ उनले भने, ‘हामी सबैसँग उनको प्रस्तुति एकदमै सामान्य थियो।’

मनीषा स्वयं पनि क्यान्सर रोगबाट गुज्रिसकेकीले नरगिसको भूमिकालाई उनले न्याय गरेको रणवीरले बताएका छन्। ‘जीवनको उत्तरार्द्धमा नरगिसजीलाई क्यान्सर लागेको थियो। मनीषा पनि त्यो रोगसँग गुज्रिसकेकी छन्। यही अनुभवका आधारमा मनीषाले नरगिसजीको भूमिकालाई न्याय गर्न सफल भएको मलाई लाग्छ,’ उनले भने।

मनीषाले यसअघि रणवीरका बाबु ऋषि कपुरसँग ‘अनमोल’ भन्ने फिल्म खेलेकी थिइन्। त्यतिबेला मनीषा २१ वर्षकी थिइन् भने ऋषि उनीभन्दा १८ वर्ष जेठा थिए। अहिले मनीषा ४६ वर्षकी भइन् भने उनको छोराको भूमिका गरिरहेका रणवीर ३४ वर्षका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK