‘कालो पोथी’ र ‘घामपानी’ लाई विशेष चलचित्र अवार्ड

ENGLISH

ENTERTAINMENT

‘कालो पोथी’ र ‘घामपानी’ लाई विशेष चलचित्र अवार्ड

26 October, 2017 | Kunjar Bhattarai | 1295 Views | comments

 

 

चलचित्र विकास बोर्डले हरेक वर्ष वितरण गर्दै आएको विशेष चलचित्र अवार्डबाट यस बर्ष ‘घामपानी’ र ‘कालो पोथी’ सम्मानित भएका छन् ।

विकास बोर्डका अध्यक्ष रामचन्द्र ढकालले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अवार्ड वितरण गरे । दुवै फिल्मलाई अंग्रेजीमा सबटाइटल गर्नका लागि दुई–दुई लाख रुपैयाँ पुरस्कार पनि प्रदान गरिएको छ । विशेष चलचित्र छनोट समितिका कार्यक्रम संयोजक उत्तम केसीका अनुसार ०७३ सालभित्र सेन्सर भएकामध्ये ३७ वटा फिल्मको मूल्यांकन गरिएको थियो । तीमध्ये मापदण्डअनुसार उत्कृष्ट ठहरिएकाले‘घामपानी’ र ‘कालो पोथी’लाई पुरस्कृत गरिएको हो ।

फिल्मको मूल्यांकनका लागि कलात्मक पक्ष मुख्य आधार रहेको खुलाउँदै अध्यक्ष ढकालले भविष्यमा पनि राम्रा काम गर्ने फिल्मकर्मी र उनीहरूका फिल्मलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइने बताए ।कार्यक्रममा बोर्ड अध्यक्ष ढकालले लक्ष्मीनाथ शर्माद्वारा लिखित तथा बोर्डद्वारा प्रकाशित पुस्तक ‘नेपाली चलचित्रको इतिहास’को पनि विमोचन गरे ।

‘घामपानी’ अन्तरजातिय प्रेमकथामा निर्माण भएको फिल्म हो । यस्तै, सपना साकार पार्नको लागि दुई मित्रले कालोपोथीको अण्डा बेचेर पैसा जम्मा गर्ने क्रममा पोथी हराएपछि उनीहरुको जीवन मोडिएको प्रशंगमा फिल्म ‘कालोपोथी’को कथा आधारित छ ।अवार्ड ग्रहण गर्नका लागि ‘घामपानी’का निर्देशक दीपेन्द्र लामा उपस्थित भएका थिए भने ‘कालोपोथी’का निर्देशक मीन बहादुर भाम अनुपस्थित थिए ।

‘भाग्यले बाँचेकाहरु’ ले जित्यो अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK