काभ्रेमा अहिलेसम्म एमालेको अग्रता

ENGLISH

POLITICS

काभ्रेमा अहिलेसम्म एमालेको अग्रता

16 May, 2017 | Bhawana Pathak | 710 Views | comments

काभ्रेपलाञ्चोक जिल्लाको अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता रहेको छ । बनेपा नगरपालिकाको मतगणना अनुसार वडा नम्बर ३ र ४ मा एमाले विजयी छ ।

त्यस्तै, मण्डन देउपुर वडा नम्बर १ को मतगणना अनुसार एमाले पूरै समूह विजयी भएको छ । त्यस्तै, पाँचखालको वडा नम्बर १ मा पनि एमालेको अग्रता देखिएको छ । बनेपा नगरको मतगणनाअनुसार नेकपा (एमाले)ले नेपाली काँग्रेसलाई पछि पार्दै १,१२८ मतले वडा नम्बर १ मा कृष्णप्रसाद दाहाल विजयी हुनुभएको छ भने वडा नम्बर २ मा ११३६ मतले श्यामसुन्दर श्रेष्ठ विजयी हुनुभएको छ ।

त्यसैगरी, मण्डन नगरपालिका–१ मा एमालेको पूरै समूह विजयी भएको छ । एमालेको विजयी समूहमा वडाध्यक्षमा लक्ष्मण बस्ताकोटी ६६० मतले काँग्रेसलाई पछि पार्दै विजयी हुनुभएको छ ।

त्यस्तै, दलित महिला सदस्यमा सानीकान्छी दमाईंले ६४७ मत पाउनुभएको छ । महिला सदस्यमा अञ्जली तामाङले ६४७, सदस्य नम्बर १ मा टोकबहादुर तामाङले ६४१ र सदस्य नम्बर २ मा रामप्रसाद दाहालले ६१७ मत प्राप्त गरी पूरै समूह विजयी भएको हो ।

पाँचखाल वडा नं १ को वडाध्यक्षमा अष्टबहादुर तामाङले ५०७ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरी, दलित महिला सदस्यमा माओवादीमा कान्छी दमाईंबाहेक अन्य सदस्यमा एमाले नै विजयी छ ।

बनेपा नपाको वडा नम्बर १ र २ मा भने वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा १ नम्बरमा पीताम्बर दुलालले ५१३ र २ बाट हरिशरण घिमिरेले ४५७ मत ल्याएर विजयी हुनुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK